Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – श्रीलंकासँगको पहिलो एकदिवसीय क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ । श्रीलंकाले दिएको १ सय ९४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३१ ओभरमै ५ विकेट गुमाएर भेट्टाएको हो ।

दक्षिण अफ्रिकाका जेपी डुमिनिले अविजित ५३ रन बनाए भने क्वीन्टन डीकक र फाफ डुप्लेसिले समान ४७ रनको योगदान दिए । श्रीलंकाका अकिला धनन्जयले ३ विकेट लिए । यसअघि श्रीलंकाको डम्बुलामा पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल परेराले ८१ र थिसारा परेराले ४९ रन बनाए । श्रीलंकालाई सस्तैमा अलआउट गर्न दक्षिण अफ्रिकाका कासिगो रबाडा र तब्रिज साम्सीले समान ४ विकेट लिए । जितसँगै पाँच खेलको एकदिवसीयमा १–० को अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया