Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – वेस्टइन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज बंगलादेशले जितेको छ । शनिबार राति भएको खेलमा वेस्टइन्डिजलाई १८ रनले पराजित गर्दै बंगलादेशले सिरिज २–१ ले जितेको हो ।

टस जिति पहिला व्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो । उसका लागि तमिम इकबालले शतकीय पारि खेलेका थिए । १०३ रन बनाएका इकबालले २ छक्का तथा ७ चौका प्रहार गरेका थिए ।

मोहमदउल्लाहले नट आउट ६७ रन बनाउँदा, शकिबअल हसनले ३७ तथा मोर्तजाले ३६ रन बनाएका थिए ।

३०२ रनको लक्ष्य लिएर मैदान आएको वेस्टइन्डिज निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २८३ रनमा रोकिएको थियो । रोभमान पावेलले नट आउट ७४ रन बनाउँदा क्रिस गेलले ७३ रन बनाएका थिए । सेइहोपले ६४ रन बनाएका थिए ।

बंगलादेशका मसरफे मोर्तजाले २ विकेट लिए ।

तपाईको प्रतिक्रिया