Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – लतिलपुरमा जारी उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगीतामा आज पनि २ खेल हुँदैछन । आजको पहिलो खेलमा विभागीय नेपाल एपीएफ र रौतहटबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको प्रतिस्पर्धा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यसअघिको खेलमा काठमाडौंलाई १०–० को फराकिलो अन्तरले हराएको एपीएफ उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

अर्को विभागीय टोली पुलिसलाई १–० ले हराएको रौतहटपनि सोहि लयका साथ मैदान उत्रने तयारीमा छ ।  आजै हुने दोस्रो खेलमा अर्को बिभागीय टोली नेपाल आर्मी र काठमाडांै आमने सामने हुनेछन् ।

दोस्रो खेल सोही मैदानमा अपरान्ह साढे ३ बजे सुरु हुनेछ । लिगको विजेताले २ तथा उपविजेता टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् ।

तपाईको प्रतिक्रिया