Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उत्कृष्ट १० गोल चयन गरेको छ।

फिफाको आधिकारिक वेभ पोर्टलमार्फत गरिएको भोटिङमा फ्रान्सका डिफेन्डर बेन्जामिन पभार्डले गरेको गोल उत्कृष्ट ठहर भयो। यस्तै कोलम्बियाका जुवान क्विनटेरोको गोल दोस्रो स्थानमा परेको भने क्रोएसियाका कप्तान लुका मोड्रिचले अर्जेन्टिनाविरुद्ध गरेको गोल तेस्रो उत्कृष्ट गोल चुनियो।

उत्कृष्ट १० गोल भित्र स्टार खेलाडीद्वय लियोनल मेसी र क्रिस्टायानो रोनाल्डोले गरेको गोल पनि परेको छ।

उत्कृष्ट १० गोल 

१०. टोनी क्रुस (जर्मनी) – स्विडेनविरुद्ध
९. रिकार्डो क्वारिस्मा (पोर्चुगल) – इरानविरुद्ध
८. अहमेद मुसा  (नाइजेरिया)– आइसल्यान्ड विरुद्ध
७. नासेर चाड्ली  (बेल्जियम) – जापान विरुद्ध
६. डेनिस चेरिसोभ  (रसिया) – क्रोएसिया विरुद्ध
५. लिओनल मेसी  (अर्जेन्टिना)– नाइजेरिया विरुद्ध
४. क्रिस्टियानो रोनाल्डो  (पोर्चुगल)– स्पेन विरुद्ध
३. लुका मोड्रिच  (क्रोएसिया) – अर्जेन्टिना विरुद्ध
२. जुवान क्विनटेरो (कोलम्बिया) – जापान विरुद्ध
१. बेन्जामिन पभार्ड (फ्रान्स) – अर्जेन्टिना विरुद्ध

उत्कृष्ट १० गोलको भिडियो : 

तपाईको प्रतिक्रिया