Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –  राजधानीमा जारी उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज काठमाडौं र एपीएफ र रौतहट र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको पहिलो खेलमा काठमाडौं र  एपीएफ दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आमने सामने हुनेछन् । एपीएफ प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ काठमाडौं बिरुद्ध मैदान उत्रनेछ ।

पहिलो खेलमा रौतहटसँग पराजित भएको काठमाडौं पनि पहिलो जितको खोजीमा छ । आजै हुने दोस्रो खेलमा रौतहट र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल सोही मैदानमा अपरान्ह साढे ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा काठमाडौंलाई हराएको रौतहट उच्च मनोबलका साथ मैदान उत्रँदा, पहिलो खेलमा आर्मीसँग पराजित भएको पुलिस पहिलो जित निकाल्ने दाउमा छ । लिगको विजेताले २ तथा उपविजेता टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् ।

तपाईको प्रतिक्रिया