Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – फिफा वर्ष खेलाडीका लागि विश्वका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक गरिएको छ । फिफाले सार्वजनिक गरेको मनोनयनको सूचीमा विश्व विजेता फ्रान्सबाट तीन खेलाडी परेका छन् ।

नयाँ पेलेको उपनाम पाएका फ्रान्सका किलियम एम्बाप्पेसँगै एन्टोनियो ग्रेजम्यान र राफेल भाराने उत्कृष्ट १० को सूचीमा परेका हुन् । मनोनयनमा परेका अरु खेलाडीमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि छन् ।

मेस्सी र रोनाल्डोले ५/५ पटक बलुन डे ओर जितिसकेका छन् । यसैगरी इंग्लण्डका ह्यारी केन र इजिप्टका मोहमद सलाह पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् ।

यसैगरी चेल्सी तथा बेल्जियमका एडिन हाजार्ड, म्यान्चेस्टर सिटी तथा बेल्जीयमका केभिन डे ब्रायन र रियाल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिच पनि मनोनयनमा परेका छन् ।

फिफाले यही सेप्टेम्बर २४ तारिखमा लण्डनमा एक भव्य समारोह आयोजना गरी वर्ष खेलाडी घोषणा गर्नेछ ।

तपाईको प्रतिक्रिया