Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – स्पेनिस क्लब बार्सिलोनाले चेल्सीका मिडफिल्डर विलियन आवद्ध गर्ने प्रयास जारी राखेको छ । विलियनलाई आवद्ध गर्नका लागि दृढ संकल्प गरेको बार्सिलोनाले चेल्सीसामू तेस्रो प्रस्ताव गर्दै ६५ मिलियन पाउण्डको चेक अघि सारेको छ ।

लियोनल मेस्सी र लुइस स्वारेजमाथि अग्रपंक्तिमा पर्दै आएको भार कम गर्नका लागि बार्सिलोना २९ वर्षे विलियनलाई आबद्ध गर्न चाहन्छ । तर नवनियुक्त प्रशिक्षक माउरिजियो सार्री विलियनका प्रशंसक भएका कारण पनि चेल्सीले उनलाई रिलिज नगर्ने सम्भावना छ । तर बार्सिलोनाको यो अफरले चेल्सी प्रभावित हुन सक्नेछ ।

विलियनका लागि मेस्सी र फिलिपे काउटिन्हो पनि उत्साहित रहेको बुझिएको छ । यसअघि विलियनका लागि बार्सिलोनाले ५० मिलियन पाउण्डको अफर गरेको थियो । बार्सिलोनाको पछिल्लो प्रस्तावप्रति चेल्सीले प्रशिक्षण टोलीसँग छलफल गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया