Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । ३४ वर्षका गौचनले अाज पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले नेदरल्याण्डससँग हुने पहिलो एकदिवसिय शृङ्खलापछि सन्यास लिने बताएका हुन् । बेलायतको लर्डसमा हुने एमसिसी र नेदरल्याण्डस रहेको त्रिकोणात्मक शृङ्खला तथा नेदरल्याण्डससँगको खेलपछि उनले सन्यास लिने बताएका हुन् ।

त्यो खेलका लागि जान लागेको टोलीको विदाई कार्यक्रममा बुधबार गौचनले यो प्रतिस्पर्धा नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतिनिधित्व हुने बताएका हुन् । एक दिवसीय मान्यता पाएको नेपालले पहिलो पटक एक दिवसीय खेल खेल्न लागेको छ । यो नै आफ्नो अन्तिम हुने गौचनले बताए ।

शक्ति गौचनको यात्रा
सन् २००२ मा डेब्यु गरेका गौचन नेपाली टोलीका बलिया खेलाडी हुन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी पनि हुन् ।

ट्वेन्टी-ट्वेन्टी बरियतामा ७७ औँ स्थानमा रहेका गौचनले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पनि प्रहार गरेका छन् । विश्वकप छनौटमा इटली विरुद्धको खेलमा सन् २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए । सन् २००१ मा यू-१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एसिया कपबाट खेलको सुरुवात गरेका थिए ।

सन् २००२ मा उनले न्युजिल्याण्डमा १९ वर्षमुनिको विश्वकप खेलेका थिए । त्यही वर्ष सिंगापुरमा भएको एसिसी ट्रफीमा उनले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । नेपाल डिभिजन ५ देखि ट्वेन्टी-ट्वेन्टी विश्वकप खेल्दा र एकदिवसीय मान्यता पाउँदासम्म उनी नेपाली टोलीका भरपर्दा यात्री बने ।

उनले खेलाडीका रुपमा बिदा भए पनि क्रिकेटसँग भने जोडिइरहने बताएका छन् । नेपालको पहिलो र आफ्नो अन्तिम प्रतिस्पर्धा अर्थात एक दिवसीय शृङ्खला स्मरणीय बनाउन लागि पर्ने उनले बताएका छन् । शृङ्खलापछि नेपालमा हुने ट्वेन्टी-ट्वेन्टी प्रतियोगिता गौचनको अन्तिम खेल हुने भएको छ ।

नेपालले साउन १३ गते एमसिसी र नेदरल्याण्डससँग ट्वेन्टी–ट्वेन्टी तथा साउन १६ र १८ मा एक दिवसीय क्रिकेट खेल्नेछ ।

तपाईको प्रतिक्रिया