Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै तेस्रो एकदिवसी खेल जितेको छ । यसका साथै इंग्ल्याण्डले २–१ को जित हात पार्दै श्रृङ्खला आफ्नो नाममा पारेको छ ।

लीड्सको हेडिंग्ली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । २५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४ ओभर ३ बलमा मात्र दुई विकेटको क्षतिमा जित हात पार्यो ।

भारतका लागि कप्तान विराट कोहलीले ७१ तथा महेन्द्रसिंह धोनीले ४२ रनको योगदान दिए । भारतका लागि रोहित शर्मा र शिखर धवन जम्न सकेनन् ।

इंग्ल्याण्डका लागि डेभिड विली तथा आदिल राशिदले उत्कृष्ट बलिङ गरे । विलीले ४० रन खर्चिएर ३ विकेट लिए भने राशिदले ४९ रन खर्चिँदै ३ विकेट नै लिए ।

२५७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याङिमा उत्रिएको इंग्ल्याण्डले शानदार ब्याटिङ गर्यो । इंग्ल्याण्डका लागि जो रुटले १२० बलमा १० चौकासहित शतक प्रहार गरे । त्यस्तै कप्तान इयोन मोर्गनले १०८ बलमा नौ चौका र एक छक्काको सहयोगले ८८ रन बनाए ।

भारतका लागि शार्दुल ठाकुरले मात्रै एक विकेट लिए । यस श्रृङ्खलाको पहिलो खेल हारे पनि इंग्ल्याण्डले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला दुई खेल जित्यो ।

भारतीय क्रिकेट टिमले अहिलेसम्म लगातार नौ वटा द्विपक्षीय श्रृङ्खला जितेको थियो । तर इंग्ल्याण्डसँगको यो पराजयले भने भारतको जितको श्रृङ्खला रोकिएको छ ।

तपाईको प्रतिक्रिया