Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – ला लिगा बिजेता बार्सिलोनाले सन् २०१७-१८ को सिजनमा ९१ करोड ४० लाख यूरो (करिब एक खर्ब १८ अर्ब रुपैयाँ) आम्दानी गरेको छ । सन् २०२१ सम्ममा आम्दानी एक अर्ब यूरो पुर्‍याउने क्लबको लक्ष्य छ । बार्सिलोनाले २०१७ मा ब्राजिलियन स्टार नेइमारलाई कीर्तिमानी २० करोड ६ लाख पाउन्डमा फ्रान्सको पेरिस सेन्ट जर्मनलाई ‘ट्रान्सफर’ गरेको थियो ।

त्यसयता बार्सिलोनाले ओउसमेन डेम्बेले र फिलिप्पे कोउटिन्होलाई साइन गराउँदा दुईपटक आफ्नो ट्रान्सफर रेकर्ड तोडेको छ । डेम्बेलेलाई ९ करोड ६८ लाख पाउन्ड र कोउटिन्होलाई १० करोड ६४ लाख पाउन्डमा साइन गराइएको थियो । २०१७-१८ को सिजनमा क्लबको सञ्चालन मुनाफा ३ करोड २० लाख यूरो र खुद मुनाफा १ करोड ३० लाख यूरो रहेको छ ।

‘बोर्डले वर्षको अन्तिम आयव्ययलाई सकारात्मक रुपमा लिएको छ र सन् २०२१ सम्ममा १ हजार मिलियन यूरो आम्दानी गर्ने रणनीतिक लक्ष्य गर्न हामी सही बाटोमा छौं,’ क्लबले एक विज्ञप्तिमा भनेको छ । २०१७-१८ मा बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियल मड्रिडबाट ला लिगाको उपाधि खोस्नुका साथै कोपा डेल रे पनि लगातार चौंथोपटक जितेको थियो ।

तर, च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इटलीको रोमासँग पराजित भएर बाहिरिएको थियो । –एजेन्सी

तपाईको प्रतिक्रिया