Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –विश्वकप फुटबलको २१ औ संस्करणको उपाधि फ्रान्सले जितेको छ । क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि हात पारेको हो ।

पहिलो हाफमै २–१ को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप २ गोल थप्यो । ५९ औ मिनेटमा पाउल पोग्बा र ६५ औ मिनेटमा केलियन एम्बाप्पेले फ्रान्सका लागि गोल गरेका थिए ।

१८ औ मिनेटमा मारियो मान्डुज्कीको आत्मघाति गोलमा फ्रान्सले खेलमा अग्रता लिएको थियो । इभान पेरिसिकले २९ औ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

एन्टोनी ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुन: अग्रता दिलाए । ३८ औ मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुन: अग्रता दिलाए । डि बक्सभित्र क्रोएसियाको ह्यान्ड भए पछि फ्रान्सले पेनाल्टी पाएको थियो । त्यसमा ग्रिजम्यान चुकेनन् ।

दोस्रो हाफमा डिबक्स बाहिरबाट पोग्वा र एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई जितको नजिक पुरयाएका थिए । मारियो मान्डुज्कीले अन्तिममा एक गोल फर्काएका थिए । विश्वकपको उपाधि फ्रान्सले दोस्रो पटक जित्न सफल भएको छ ।

उपाधिसंगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसंगै २९ मिलियन पाउण्ड प्राप्त गर्ने छन भने दोस्रो भएको क्रोएसियाले २१ मिलियन पाउण्ड र तेस्रो भएको बेल्जियमले १८ मिलियन पाउण्ड पाउने छ । ***

तपाईको प्रतिक्रिया