Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – सन् १९९८ विश्वकप उपाधी जितेको फ्रान्सले आज रसिया विश्वकप २०१८ मा पहिलो पटक विश्वकप फाइनलमा पुग्न सफल क्रोएसियासँग खेल्दैछ । मस्कोको लुजनिकि स्टेडियममा बेलुकी ८:४५ बजे फ्रान्स र क्रोएसियाबिचको खेल हुनेछ ।

फुटबल मैदानमा क्रोएसियासँग अपराजित रहेको फ्रान्स दोस्रो पटक विश्वकप ट्रफी विजय जित्ने होडमा रहेको छ । १९९८ विश्वकपमा उपाधी जित्दा फ्रान्सेली टोलीको कप्तानी गरेका डिडियर डेस्च्याम्पसले रसिया विश्वकपमा यसपटक फ्रान्सेली टोलीकै प्रशिक्षकको जिम्मेवारीमा रहेका छन् । आफ्नो देशलार्इ पहिलोपटक विश्व विजेता बनाउने खेलाडीको प्रशिक्षणमा फ्रानसेली ड्रेसिङ रुम नयाँ जोशले भरिएको छ । जुन उनीहरुले रसियामा आफ्नो खेलबाट प्रस्ट पारिसकेका छन् । आज डेस्च्याम्पस कै नेतृत्वमा फ्रान्स मैदानमा उत्रदैछ ।

सन् २००६ मा फाइनलसम्म पुगेको फ्रान्स पेनाल्टीमा इटलीसँग पराजित भएको थियो । २०१६ युरोकपको आयोजना गरेको फ्रान्स फाइनलमा पोर्चुगलसँग पराजित भएको थियो । आज फ्रान्स फेरी त्यही इतिहास दोहोर्‍याउने पक्षमा छैन। अनुभव र युवा जोशको सम्मिश्रण रहेको फ्रान्सेली टोली दोस्रो पटक विश्व विजेता बन्नेमा दृढ छ । सेमिफाइनलमा बेल्जियमलार्इ पराजित गर्दै फाइनलको यात्रा तय गरेको फ्रान्स यसपटक फर्ममा रहेको छ । विपक्षीका विरुद्ध विभिन्न रणनीति अपनाएर फ्रान्सले रसियामा आफूलार्इ एक भर्साटाइल टोलीमा रुपमा स्थापित गरेको छ ।

तर, उनीहरुको प्रतिस्पर्धी क्रोएसिया पनि कम छैन । मिडफिल्डमा कडा स्वरपमा प्रस्तुत हुने क्रोएसिया विरुद्ध फ्रान्सले मैदानमा आफ्नो मिडफिल्ड र डिफेन्सलार्इ बलियो बनाउनै पर्छ । डिडियर डेस्च्याम्पस, मारियो जागल्लो र फ्रान्ज बेकेनबाउरपछि खेलाडी प्रशिक्षकको रुपमा उपाधी जित्न् तेस्रो व्यक्ति बन्ने संघारमा छन् । त्यसैले उनी त्यो अवसर खेर फाल्न चाहन्दैनन् । यस्तै फ्रान्सले रसियामा गरेको पाँच गोल मध्ये तीन गोल डिफेन्डरहरुले गरेका छन् । १९९८ मा फ्रान्सले विश्वकप जित्दा पनि डिफेन्डरहरु गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया