Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – सुपर स्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि रियलले नेयमार र एम्बाप्पेलाई भित्र्याउने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । रोनाल्डो गए पछि नेयमारलाई लिने प्रयास थालेको सञ्चारमाध्यमले जनाएका थिए । तर क्लबले एक विज्ञप्ति जारी गर्दै पेरिस सेन्ट जर्मेनका स्टारद्वय नेयमार र केलिनि एमबाप्पेलाई लिने विषयमा कुनै छलफल नभएको प्रष्ट पारेको छ ।

नयाँ खेलाडी भित्र्याउने विषयमा केही नयाँ नीति अख्तियार गरेको उल्लेख गर्दै रियलले केही स्टारहरुसँग छलफल अघि बढेको जनाएको छ । पिएसजी खेलाडीलाई लिने प्रयास भइरहेको भन्ने समाचार आफूहरूले हेरिरहेका बताउँदै क्लबले भनेको छ, ‘यो प्रष्ट पार्न चाहन्छौ उनलाई लिन कुनै प्रस्ताव गर्ने योजना छैन ।’ रियलले दुई क्लबबीचको सम्बन्ध असाधारण रहेको भन्दै खेलाडीका विषयमा कुनै पनि विषय अघि बढाउनु परेको खण्डमा पहिलो क्लबसँग छलफल हुने स्पष्ट पारेको छ ।

यसैबीच नेयमार अझै एक सिजन पिएसजीमै बस्न चाहेको बताउँदै आएका छन् । गत सिजनमात्र विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी पुगेका नेयमारले पिएसजीबाट २० खेलमा १३ गोल गरेका थिए । लामो समय मैदान बाहिर रहेका उनी विश्वकपबाट मैदान भित्रिएका थिए । जारी विश्वकपमा उनी क्वार्टरफाइनलबाट बाहिरिएका थिए । – एजेन्सी

तपाईको प्रतिक्रिया