Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – चौथो स्थानमा रहेर विश्वकप अन्त्य गरे पनि इंग्ल्याण्डका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनका लागि भने सुखद खबर छ । विश्वकपको सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट पुरस्कार उनले पाउने निश्चित जस्तै भएको छ ।
unn.prixa.net

केनले विश्वकपका सात खेलमा ६ गोल गरेका छन्, जसमा एउटा ह्याट्रिक र तीन पेनाल्टी सामेल छ ।vउनले समूह चरणको खेलमा ट्युनिसियाविरुद्ध २ गोल गरेका थिए भने पानामाविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै उनले अन्तिम १६ को खेलमा कोलम्बियाविरुद्ध १ गोल गरेका थिए ।

४ गोलसहित उनलाई पछ्याइरहेका रोमेलु लुकाकुले आजको खेलमा गोल गर्न असमर्थ भए । फ्रान्स र क्रोएसियाका कुनै पनि खेलाडीले ३ भन्दा बढी गोल गरेका छैनन् ।

केनलाई भेट्टाउनका लागि फ्रान्सका केलियन एम्बाप्पेलाई अवसर छ । उनले विश्वकपमा अहिलेसम्म ३ गोल गरेका छन् । फाइनलमा उनले ह्याट्रिक गरे भने केनलाई भेट्नेछन् ।

तपाईको प्रतिक्रिया