Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – थोमस मुनिएर र कप्तान एडेन हाजार्डको गोल मद्दतमा इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम विश्वकप २०१८ मा तेस्रो भएको छ । रसिया विश्वकपमा तेस्रो स्थानको लागि भएको खेलमा गोल्डेन जेनेरेसन टोलीले इंग्ल्याण्डलाई २-० ले हरायो । यो नतिजा बेल्जियमको लागि विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

यसअघि सन् १९८६ मा पहिलो पटक सेमिफाइनल खेलेको बेल्जियम चौथो भएको थियो । त्यतिबेला सेमिफाइनलमा म्याराडोनाको अर्जेन्टिनासँग पराजित भएको बेल्जियम तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्ससँग पराजित भएको थियो । सेन्टपिटर्सवर्गमा भएको खेलको चौथो मिनेटमै थोमस मुनिएरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले नासेर चाड्लीको पासमा गोल गरेका हुन्। मुनिएर यस विश्वकपमा बेल्जियमका लागि गोल गर्ने दशौँ खेलाडी हुन् ।

उक्त गोलसँगै बेल्जियमले एकै विश्वकपमा दश फरक खेलाडीले गोल गर्ने सन् १९८२ मा फ्रान्स र सन् २००६ मा इटलीको कीर्तिमान बराबरी गरेको छ । ७०औँ मिनेटमा इंग्ल्याण्ड बराबरी नजिक पुगेपनि बेल्जियमका डिफेण्डर टोबी अल्डरवेरल्डले  एरिक डाएरको प्रहार गोललाइनबाट क्लियर गरेपछि बेल्जियम गोल खानबाट जोगिएको थियो । बेल्जियमले अन्तिम १० मिनेटभित्रगोल थप्यो । ८२औँ मिनेटमा कप्तान एडेन हाजार्डले केभिन डे ब्रुएनाले उपलब्ध गराएको बललाई डि एरिया भित्र ड्रिबल गर्दै गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए ।

खेलमा इंग्ल्याण्डले पनि गोल गर्ने केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । सेमिफाइनलमा बेल्जियम फ्रान्स तथा इंग्ल्याण्ड क्रोएसियासँग पारजित भएको थियो ।

तपाईको प्रतिक्रिया