Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – इग्लिस क्लब लिभरपुलले स्विस खेलाडी जेर्दान शाकिरीलाई १३ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । यो सिजनको खेलाडी ट्रान्सफर अन्तर्गत लिभरपुलले शाकिरीलाई स्टोक सिटीबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो ।

२६ वर्षीय शाकिरीले गएको सिजन स्टोक सिटीका लागि सर्वाधिक गोल गरेका थिए । तर पनि टिम रेलिगेसनमा परेको थियो । सन् २०१५ मा १२ मिलियन पाउण्डमा इन्टर मिलानबाट स्टोक सिटी आएका शाकिरीको टिम स्विट्जरल्याण्ड विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको थियो ।

टिमलाई नकआउट चरणमा पुर्याउन शाकिरीले सर्बियाविरुद्ध गोल पनि गरेका थिए । प्रिक्वार्टरफाइनलमा स्विस टिम स्विडेनसँग पराजित भएको थियो ।

गएको जुनमा शाकिरीले स्टोक सिटी छोड्न चाहेको बताएका थिए । यो सिजन लिभरपुलले एकपछि अर्को खेलाडी अनुबन्धको काम जारी राखेको छ । ३९ मिलियन पाउण्डमा मोनाकोबाट फाविन्होलाई भित्र्याएको छ भने बेनी केइटालाई पनि क्लवमा भित्र्याएको छ ।

शाकिरीले लिभरपुलबाट २३ नम्बरको जर्सी लगाउनेछन ।

तपाईको प्रतिक्रिया