Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – विश्वकप फुटबल प्रतियोगिता २०१८ मा दुई खेल बाँकी रहेका छन् । दुई खेल बाँकी रहेको स्थितिमा विश्वकपमा चर्चित दुई उपाधि गोल्डेन बल र गोल्डेन बलको चर्चा चुलिएको छ ।

गोल्डेन बल
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई माथिसम्म पुर्‍याउन मद्दत गर्ने खेलाडीलाई गोल्डेन बलले सम्मान गरिन्छ । रसियामा जारी प्रतियोगितामा चार खेलाडीहरु यसको लागि दाबेदारको रुपमा देखिएका छन् । यस्तोमा सबैभन्दा अगाडि क्रोएसियाका कप्तान लुका मोड्रिच अगाडि रहेका छन् । ३२ वर्षीय यी आक्रामक मिडफिल्डरको भूमिका यसपटकको विश्वकपमा निकै महत्वपूर्ण देखिएको छ । उनले यो विश्वकपमा दुई गोल गरेका छन् । यो विश्वकपमा उनी जति मैदानमा कुनै पनि खेलाडी दौडिएका छैनन् । उनले यो विश्वकपमा उनले मैदानमा ६३ किलोमिटर दौडिएका छन् ।

कायलिन एमबाप्पे पनि यो विश्वकपमा गोल्डेन बलका लागि दाबेदार खेलाडी हुन् । फ्रान्सलाई फाइनलमा पुर्‍याउनका लागि यी खेलाडीको भूमिका महत्वपूर्ण रहेको छ । उनले अहिलेसम्म तीन गोल गरेका छन् । पीएसजीका उदाउँदा यी खेलाडीलाई अर्जेन्टिनासँगको खेलपछि महान फुटबलर पेलेसँग पनि तुलना गर्न थालिएको छ । आइतबार क्रोएसियासँग भिड्दै गरेको टोलीका लागि उनको भूमिका कस्तो रहने भन्ने कुराले पनि गोल्डेन बलको निर्धारण हुनसक्छ ।

गोल्डेन बलको अर्का प्रमुख दाबेदार खेलाडी ह्यारी केन पनि हुन् । इंगल्याण्डका कप्तान तथा स्ट्राइकर यी खेलाडीले यो विश्वकपमा निकै राम्रो खेल पस्किएका छन् । उनकै उत्कृष्ट प्रदर्शनको आधारमा इंगल्याण्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । उनले यो विश्वकपमा छ गोल गरिसकेका छन् । शनिबार उनको टोलीले बेल्जियमसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ । गोल्डेन बलका लागि दाबेदार अर्का खेलाडी बेल्जियमका इडेन हाजार्ड हुन् । यी खेलाडीको भूमिका पनि यो विश्वकपमा निकै महत्वपूर्ण रहन पुग्यो ।

यो विश्वकपमा उनको महत्वपूर्ण भूमिकामा बेल्जियमले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । उनको टोलीमा रोमेलु लुकाकु, डि ब्रुयानेजस्ता एक सय एक खेलाडी भए पनि यी मिडफिल्डरको प्रदर्शन तथा नेतृत्व यो टोलीका लागि निकै महत्वपूर्ण रहेको देखिएको थियो । जसको कारण पनि यी खेलाडी गोल्डेन बलका प्रमुख दाबेदार हुन् ।

गोल्डेन बुट
प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको उपाधिले सम्मानित गरिन्छ । रसियामा जारि विश्वकप फुटबलमा ईङल्याण्डका ह्यारी केनको नाममा सबैभन्दा बढी गोलको रेकर्ड रहेको छ । प्रतियोगितामा ६ गोल गरिसकेका केनले गोल्डेन बुट पाउने संभावना बढी रहेको छ । केनलाई पछ्याउनेमा बेल्जियमका रोमेलु लुकाकु रहेका छन् । उनले प्रतियोगितामा ४ गोल गरिसकेका छन् ।

इंगल्याण्ड र बेल्जियम तेस्रो स्थानकालागि भिड्दैछन् । केन र लुकाकु दुवैको उच्च गोलकर्ता हुने संभावना रहेको छ । केनलाई बलियो मानिए पनि लुकाकुले ह्याट्रिक गरेमा र केनले कुनै गोल नगरेको खण्डमा लुकाकु गोल्डेन बुट दाबेदार हुनेछन् ।त्यस्तै फाइनल खेलिरहेका फ्रान्सका कायलिन एमबाप्पे र एन्टोनी ग्रिजमयानको ३-३ गोल रहेको छ । फ्रान्सले क्रोएसियासँग फाइनल खेल्दैछ । –एजेन्सीको सहयोगमा 

तपाईको प्रतिक्रिया