Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – स्पेनी राफेल नाडाल र सर्वियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको सेमिफाइनलमा स्थान बनाउँदा स्वीट्जरल्याण्डका रोजर फेडेरर भने क्वार्टरफाइलनबाटै बाहिरिएका छन् ।

साउथ अफ्रिकाका केभिन एण्डरसनसँग ३-२ को सेटमा पराजित हुँदै डिफेण्डिङ च्याम्पियन फेडेरर, क्वार्टरफाइनलमै रोकिएका हुन् । सुरुवाती २ सेट ६-२ र ७-६ ले आफ्नो पक्षमा पारेपनि बाँकी सेट फेडेररले ५-७, ४-६ र ११-१३ ले सुम्पिएका थिए ।

२ सेटले पछि परेको स्थिति उल्ट्याउन आठौं वरियाताका एण्डरसनलाई शीर्ष वरियाताका फेडररविरुद्ध ४ घण्टा १३ मिनेट कोर्टमा संघर्ष गर्नु परेको थियो ।

अर्को खेलमा दोस्रो वरियाताका नाडालले पाँचौ वरियाताका अर्जेन्टिनी हुँवा मार्टिन डेल पोत्रोलाई ७-५, ६-७, ४-६, ६-४ र ६-४ ले पराजित गरे । ४ घण्टा ४८ मिनेट चलेको खेलमा नाडालले २–१ ले पछि परेको स्थिति उल्ट्याउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

यस्तै पूर्व वल्र्ड नम्बर वान जोकोभिचले जापानका केई निसिकोरीमाथि ६-३, ३-६, ६-२ र ६-२ को सहज जित हात पारे । अमेरिकी जोन ईशरले क्यानाडाका मिलोस रोनिकलाई ३-१ को सेटमा पाखा लगाए ।

सेमिफाइनलमा नाडाल र जोकोभिच तथा एण्डरसन र ईशरबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया