Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – जारी विश्वकपको फाइनल खेल रुसको मस्कोस्थित लुज्निकी रंगशालामा पाँच दिनपछि हुनेछ । तर, त्यसअघि दोस्रो सेमिफाइनलका रुपमा इंग्ल्याण्ड र क्रोएसिया आज राति यही मैदानमा भिड्दा अर्को खेल पनि यही रंगशालामा खेल्ने लक्ष्यमा रहन्छन् । यसको अर्थ जितको खोजीमा रहन्छन् दुवै टिम ।

इंग्ल्याण्डका विंगर एस्ले योङले भनेका छन् कि इंग्ल्याण्ड लुका मोड्रिचको बारेमा धेरै चिन्तित हुनुभन्दा पनि सेमिफाइनल खेलअघि आफ्नो क्षमतामा केन्द्रित हुनुपर्छ । सन् १९९० पछि इंग्ल्याण्ड पहिलो पटक विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको सेमिफाइनल खेल्दैछ । सन् १९६६ को विजेता इंग्ल्याण्डले त्यसपछि एक पटकमात्र सन् १९९० मा विश्वकपको सेमिफाइनल खेलेको थियो । जारी विश्वकपमा उसले स्विडेनलाई हराउँदै सेमिफाइनलाम पुगेको हो ।

युरोकप २००४ को समूह चरणको खेल छि ठूला प्रतियोगितामा इंग्ल्याण्ड र क्रोएसिया पहिलो पटक भिड्दैछन् । जहाँ इंग्ल्याण्डले ४-२ गोलअन्तरको जित दर्ता गरेको थियो । त्यसपछिका चार भेटमा दुवैले दुई-दुई पटक जितेका छन्, जहाँ नोभेम्बर २००७ को चर्चित ३-२ को जित पनि समावेश छ । क्रोएसियासँग पराजित भएपछि तत्कालीन स्टिभ म्याकलरेनको टोली इंग्ल्याण्ड सन् २००८ को युरोकपमा छनोट हुन असफल भएको थियो ।

वेम्बलेमा भएको त्यस खेलमा मोड्रिचले डेब्यू गरेका थिए र त्यसको ११ वर्षपछि उनी क्रोएसियाली टोलीको अभिन्न अंग बनेका छन् । क्रोएसियाका कप्तानसमेत रहेका उनलाई रुस विश्वकपकै सर्वोकृष्ट खेलाडीको रुपमा हेर्न थालिएको छ । तर, एस्ले योङ (जो सोमबार ३३ वर्षका भए)ले भनेका छन् कि इंग्ल्याण्डले अहिलेसम्म आफूले पाएको अनुभव र क्षमतामा ध्यान केन्द्रित गर्नुको सट्टा मोड्रिच, राकिटिचलाई रोक्नका लागि सबै रणनीति खर्च गर्ने हो भने व्यर्थ हुनेछ ।

‘उनीहरु त्यसै सेमिफाइनलमा आइपुगेका होइनन् ।’ उनले पत्रकार सम्मेलनमा भने, ‘हामीले लुका मोड्रिचलाई विशेष ख्याल गर्नुपर्छ, जो एक शानदार खेलाडी हुन्’, योङले भने । योङ भन्छन्, ‘उनीहरुसँग सबै पोजिसनमा स्तरीय खेलाडी फिट छन्, र पक्कै पनि उनीहरु बलियो प्रतिस्पर्धी हुन् । हामीले हाम्रो सबै शक्ति उनीहरुको चिन्तामा केन्द्रित गर्नुहुँदैन । हामीले आफ्नै क्षमतामा केन्द्रित हुनुपर्छ, जुन जारी विश्वकपमा यसअघिका खेलमा देखिएको छ ।’

तपाईको प्रतिक्रिया