Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालीयन क्लब युभेन्टसमा गएका छन् । रोनाल्डोलाई युभेन्टसले रियलसँग ९९.२ मिलियन पाउण्डमा किनेको हो ।

यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका छन् ।  युभेन्टसमा आवद्ध भएपछि रोनाल्डोले भने, ‘मेरो जीवनमा नयाँ कदम चाल्ने दिन आयो त्यसैले मैले क्लबसँग मेरो ट्रान्सफर स्वीकार्न आग्रह गरेँ ।’

 

बार्सिलोनाबाट नेइमार तथा मोनाकोबाट किलियन एम्बाप्पेलाई भित्र्याउँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनले कीर्तिमानी रकम तिरेको थियो । नेइमारलाई २०० मिलियन पाउण्ड तथा एम्बाप्पेलाई १६६ मिलियन पाउण्ड तिरेरे पीएसजीले क्लबमा भित्र्याएको थियो । त्यस्तै बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्होलाई भित्र्याउँदा लिभरपुललाई १४२ मिलियन पाउण्ड तिरेको थियो ।

अब फुटबलप्रेमी ४ अगस्टमा हुने युभेन्टस तथा रियल मड्रिडबीचको खेलको पर्खाइमा रहेका छन् । रोनाल्डोको नयाँ टिम युभेन्टसले उनको पुरानो क्लब रियलसँग अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपमा प्रतिस्पर्धा गर्नेछ ।

रियल मड्रिड छोड्दै गर्दा रोनाल्डोले चिठीमार्फत भनेका छन्, ‘रियल मड्रिडले मेरो तथा मेरो परिवारको मन जितेको छ । यो नौ वर्षमा म कैयौँ महान खेलाडीहरुविरुद्ध खेलेँ । सबैलाई मेरो सम्मान छ ।’ राेनाल्डाेले हप्ताकाे पाँच लाख पाउण्ड पारिश्रमिक पाउने गरी युभेन्टससँग समझाैता गरेका छन् ।
३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले रियलका लागि चार सय ५१ गोल गरेका छन् । रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् ।

रोनाल्डोले गएको मे महिनामा मात्रै रियललाई चौथो पल्ट च्याम्पियन्स लिग जिताएका थिए । किभमा भएको खेलमा लिभरपुललाई पन्छाउँदै उपाधि जिते पनि प्रशिक्षक जिनेदिन जिदानले भने क्लबबाट राजीनामा दिएका थिए । रियल मड्रिडले जिदानको ठाउँमा स्पेनका पूर्व राष्ट्रिय प्रशिक्षक जुलेन लोपेटेगीलाई नियुक्त गरिसकेको छ ।

तपाईको प्रतिक्रिया