Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –  नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मोन्ट्रेल टाइगर्सले क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिगमा दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा शीर्ष स्थानको वेष्ट इण्डिज ‘बी’ लाई ६ विकेटले हराएर मोन्ट्रेलले दोस्रो जित निकालेको हो ।

मोन्ट्रेललाई दोस्रो जित दिलाउने क्रममा सन्दीपले उकृष्ट बलिङ गरे । सन्दीपले वेष्ट इण्डिज ‘बी’ विरुद्ध चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिए । प्रतियोगितामा यो सन्दीपको आठौं विकेट हो । सन्दीपले अघिल्ला तीन खेलमा समान एक एक विकेट लिएका थिए । त्यस्तै चौथो खेलमा दुई विकेट लिएका थिए ।

सन्दीपले ३ विकेट लिएपछि वेष्ट इण्डिज ‘बी’ ले मोन्ट्रेललाई जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । वेष्ट इण्डिज ‘बी’ ले दिएको १६३ रनको लक्ष्य मोन्ट्रेलले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । मोन्ट्रेलको लागि सुनील नारिनेले ६१ रन जोड्दा मोसेस हेनरिक र सिकन्दर राजाले समान ३२-३२ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पुरै २० ओभरमा ७ विकेट गुमाएर १६२ रन जोडेको थियो । वेष्ट इण्डिजका शामर स्प्रिनगरले ६२ रन जोडे । मोन्ट्रेलका सन्दीपले ३ विकेट लिदा सिसिल परभेजले २ विकेट लिए ।

यो जितपछि सन्दीपको टोली मोन्ट्रेलले ६ खेलबाट ४ अंक जोडेको छ । मोन्ट्रेल लिगको पाँचौ स्थानमा छ । पारजित भएपनि वेष्ट इण्डिज ८ अंकसहित शीर्ष स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया