Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

टोकियो – जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मंग्लवार बिहानसम्ममा १ सय ५६ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । तर मंगलवार बिहानसम्ममा थप ५६ ओटा शव प्राप्त भएपछि सो सङ्ख्या बढेर १ सय ५६ पुगेको हो ।
अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् ।
मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।  हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौं सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ ।
जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ ।

-रासस/एएफपीकाे सहयोगमा

तपाईको प्रतिक्रिया