Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – इंग्ल्याण्डसँगको ३ एकदिवसीय क्रिकेट शृंखला भारतले जितेको छ । तेस्रो खेलमा आइतबार राती इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै भारतले शृंखला जितेको हो ।

unn.prixa.net

१ सय ९९ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । भारतका रोहित शर्माले नटआउट १ सय रन बनाए । रोहितले ५६ बलमा ११ चौका र ५ छक्काको मद्दतमा १ सय रन पुरा गरेका हुन् ।

लोकेश राहुल १९ र शिखर धवन ५ रनमै आउट भएपनि कप्तान विराट कोहलीले ४३ रन बनाए । विराटले २९ बल खेले । त्यस क्रममा उनले २ चौका र त्यति नै छक्का प्रहार गरे ।

अलराउण्ड प्रदर्शन गरेका हार्दिक पाण्ड्या ३३ रनमा नटआउट रहे । उनले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । व्रिष्टोलमा पहिले ब्याटिङ गरेको घरेलु टोली इग्ल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।

इग्ल्याण्डका ज्यासन रोयले ६७ रन बनाए । मात्र ३१ बल खेल्दै रोयले ७ छक्का र ४ चौका प्रहार गरे । भारतका लागि हार्दिक पाण्ड्याले ४ विकेट लिए । भारत र इग्ल्याण्डले ३ वटा एक दिवसीय र ५ वटा टेष्ट क्रिकेट खेल्नेछन् ।

तपाईको प्रतिक्रिया