Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – घरेलु टोली रुसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा रुसलाई पेनाल्टी सुटआउटमा ४ – ३ गोल अन्तरले हराउदै क्रोएसियाले अन्तिम चारको यात्रा तय गरेको हो ।

फिष्ट ओलम्पिक स्टेडियमा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा २ – २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो  । पेनाल्टी सुटआउटमा किपर नायक बन्दा क्रोएसियाले बाजी मार्यो । पेनाल्टीमा रुसका फेडेर स्लोमोभ र मारियो फर्नान्डेजले गोल गर्न सकेनन् । क्रोएसियाका माटियो कोभासिचले गोल गर्न सकेनन् ।

 क्रोएसियालाई जित दिलाउन डोमागोज भिडाले अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए । खेलको निर्धारित ९० मिनेटको खेल १ – १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०१ औं मिनेटमा भिडाले हेड गोल गर्दै क्रोएसियालाई २ – १ को महत्वपूर्ण जित दिलाए ।

पेनाल्टी सुटआउट अघि क्रोएसियाका आन्द्रेज क्रमारीच र डोमागोज भिडाले समान एक एक गोल गरेका थिए । यस्तै रुसका डेनिस चेरिसेभ र मारियो फर्नान्डेजले एक एक गोल गरेका थिए ।

निकै रोमान्चक बनेको खेलको ३१ औं मिनेटमा चेरिसेभले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । चेरिसेभको यो विश्वकपमा चौथो गोल हो । तर, घरेलु टोलीविरुद्ध  १ – ० ले पछि परेको क्रोएसिया खेलमा फर्किदै बराबरी गर्न सफल भएको थियो  ।  क्रोएसियाका  क्रमारीचले ३९ औं मिनेटमा बराबरी गोल फर्काए ।

खेलको ९० मिनेट १ – १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएको थियो । खेलको १०२ औं मिनेटमा भिडाले गोल गर्दै क्रोएसियालाई २ – १ को अग्रता दिलाएका थिए । तर, खेलको ११५ औं मिनेटमा रुसका हर्नान्डेजले गोल गरेपछि खेल २ – २ को बराबरीमा सकिएको थियो ।

यो जितसंगै क्रोएसियाले अब फाइनल प्रवेशको लागि इंग्ल्यान्डसंग खेल्नेछ ।

तपाईको प्रतिक्रिया