Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

 काठमाडौं  – इङ्ल्याण्ड रुसमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  विश्वकप अन्तर्गत शनिबार भएको तेस्रो  क्वार्टरफाईनलमा स्विडेनलाई २ – ० गोल अन्तरले हराउदै इङ्ल्याण्डले अन्तिम चारको यात्रा तय गरेको हो ।

समरा स्टेडियममा इङ्ल्याण्डलाई जित दिलाउन ह्यारी मगुइरे र डेली अलीले समान एक-एक गोल गरे । इङ्ल्याण्डले दुवै हाफमा समान एक एक  गोल गरेको थियो ।

खेलको ३० औ मिनेटमा ह्यारी मगुइरेले हेडमार्फत गोल गर्दै इङ्ल्याण्डलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा  १ – ० ले अघि रहेको इङ्ल्याण्डले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ५९ औं मिनेटमा डेली अलीले गोल गर्दै इङ्ल्याण्डलाई २–० को जित दिलाए  ।

खेलमा इङ्ल्याण्डका किपर जोर्डन पिक्फोर्डले उत्कृष्ट खेल खेले । उनले स्विडेनका आधा दर्जन उत्कृष्ट प्रहारहरु बचाएका थिए ।

योसंगै इङ्ल्याण्ड २८ बर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा पुग्न सफल भएको छ । इङ्ल्याण्डले यसअघि सन् १९९० को विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको थियो । तर, वेष्ट जर्मनीसंग पेनाल्टी सुटआउटमा  इङ्ल्याण्ड पराजित भएको थियो । इङ्ल्याण्ड विश्वकपको सेमिफाइनलमा पुगेको यो तेस्रो पटक हो ।

अब इङ्ल्याण्डले फाइनल प्रवेशको लागि रुस र क्रोएसियाबीचको बिजेतासंग खेल्नेछ । स्विडेन भने क्वाटरफाइनलबाटै घर फर्किएको छ ।

यसअघि इङ्ल्याण्डले कोलम्बिया र स्विडेन र स्विजरल्याण्डलाई हराउदै अन्तिम ८ मा स्थान बनाएका थिए ।

तपाईको प्रतिक्रिया