Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं-  पाँच पटकको विश्व विजेता ब्राजिललाई बेल्जियमले २-१ गोलले पराजित गर्दै विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान  पक्का गरेको छ। बेल्जियम ३२ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको १३ मिनेटमा ब्राजिलका फर्डिनान्डोले आत्माघाती गोल गर्दा बेल्जियमलाई फाइदा पुगेको थियो। ३१ मिनेटमा बेल्जियमले रोमेलु लुकाकुले मिहिनेत गरेर दिएको पासमा मिडफिल्डर केभिड डे ब्रुइनले २५ यार्ड टाढाबाट लोभलाग्दो गोल गरे।

ब्राजिलले ७६ मिनेटमा गोल फर्काउँदै खेललाई २-१ को स्थितिमा ल्यायो। ब्राजिलका लागि सब्सिच्युट खेलाडी रेनाटो अगुस्टोले हेडमार्फत गोल गरे।

भिडियो :

तपाईको प्रतिक्रिया