Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – बेल्जियम रुसमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ  । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा पाँच पटकको च्याम्पियन ब्राजिललाई २-१ गोल अन्तरले हराउदै बेल्जियमले सेमिफाइनलमा स्थान पक्का गरेको हो  ।

कजान एरिनामा जारी खेलमा बेल्जियमका लागि केभिन डी ब्रुयनाले एक गोल गरे  । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो । ब्राजिलका फर्नानडिन्होले आत्मघाती गोल गर्दा  रेनेटो अगुस्टोले एक गोल फर्काए ।

निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा एक गोल गरेपनि ब्राजिलले खेल जित्न सकेन । ब्राजिलबिरुद्ध बेल्जियमले पहिलो हाफमै २ – ० को अग्रता बनाएको थियो ।  खेलमा बेल्जियमले आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको १३ औं मिनेटमा फर्नानडिन्होले आत्मघाती गोल गरे । कर्नर बल क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

खेलको ३२ औं मिनेटमा केभिन डी ब्रुयनाले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई २ – ० को अग्रता दिलाए । उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए  ।  पहिलो हाफमा २ – ० ले पछि परेको ब्राजिलका लागि खेलको ७६ औं मिनेटमा सब्सीच्युड खेलाडी रेनेटो अगुस्टोले एक गोल फर्काए । तर,उनको हेड गोल सान्त्वना गोलमा परिणत भएको छ  ।

यो जितसंगै बेल्जियमले सेमिफाइनलमा फ्रान्ससंगको भेट पक्का गरेको छ । फ्रान्स उरुग्वेलाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ । ***

तपाईको प्रतिक्रिया