Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – इन्डोनेसियामा आयोजना हुने १८ औं संस्करणको एसियन गेम्सको पुरुष फुटबलमा नेपाल समूह ‘डी’ मा परेको छ ।

एसियन गेम्स आयोजक कमिटीले बिहिबार निकालेको समूह चरणको ड्र मा नेपाल समूह ‘डी’ मा परेको हो । यो समूहमा नेपालसंगै जापान, भियतनाम र पाकिस्तान रहेको छ । र, नेपालले समूह चरणमै एसियाली फुटबलको पावरहाउस जापानसंग खेल्ने भएको छ । जापान रुसमा जारी विश्वकपमा भाग लिएको टोली हो । तर, एसियन गेम्समा ३ सिनियर टोली रहदा अन्य खेलाडी यू-२३ टोलीका हुनेछन् ।

खेल तालिका भने सार्वजनिक गरिएको छैन । एसियन गेम्सको पुरुष फुटबलमा २४ टोलीले खेल्दै छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी खेल तालिका निकालिएको हो । प्रत्येक समूहबाट दुई शीर्ष टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।

आगामी अगष्ट १४ देखी १ सम्म जाकार्ता र पालेमबाङमा हुने एसियन गेम्सको लागि नेपालले २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।

एसियन गेम्सको लागि नेपाली टोलीको गोलकिपरमा किरण कुमार लिम्बु, ऐलेन न्यौपाने र सोजित गुरुङ रहेका छन् । त्यस्तै डिफेन्समा गौरव बुढाथोकी, छिरिङ गुरुङ, अनन्त तामाङ, आदित्य तामाङ, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी रहेका छन् ।

मिडफिल्डमा रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, तेज तामाङ, अभिषेक रिजाल परेका छन् । त्यस्तै फरवार्डमा सुनिल वल, भरत खवास, सुमन लामा र विमल घर्तिमगर रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा ग्याथुकी कोजु र प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् ।

एसियान गेम्सको पुरुष फुटबलतर्फको उपाधि अघिल्लो संस्करणमा दक्षिण कोरियाले जितेको थियो । उपाधि भिडन्तमा उसले उत्तर कोरियालाई १–० गोल अन्तरले पराजित गरेको थियो । एसियन गेम्सको फुटबलतर्फ इरान सर्वाधिक सफल टोली हो । उसले ४ पटक उपाधि उचालेको छ ।

तपाईको प्रतिक्रिया