Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – जापानका भेट्रान मिडफिल्डर केइसुके होन्डाले सन्यास लिएका छन् । रुसमा जारी फिफा विश्वकप खेलेका होन्डाले मंगलबार सन्यास घोषणा गरेका हुन् ।

जापान रुस विश्वकपको प्रि- क्वाटरफाइनलबाट बाहिरिएपछि होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । सोमबार राति भएको प्रि- क्वाटरफाइनलमा समुराई ब्लु टिम बेल्जियमसंग ३ – २ ले पराजित भएको थियो ।

होन्डाले जापानको लागि ९८ खेल खेल्दै ३७ गोल गरेका छन् । जापानको लागि तेस्रो पटक विश्वकप खेलेका होन्डाले यो विश्वकप एक गोल गरेका थिए । इटालियन क्लब एसी मिलानका पुर्व फुटबलर ३२ बर्षीय होन्डा रुसी क्लब सीएसकेए मस्कोबाट फुटबल खेल्ने गर्छन् ।

यस्तै जापानका कप्तान माकोतो हासिबेले पनि सन्यास घोषणा गरेका छन् । जर्मन क्लब फ्रान्कफर्टका ३४ बर्षिय डिफेन्सिभ मिडफिल्डर हासिबेले जापानका लागि ११४ खेल खेलेका थिए ।

तपाईको प्रतिक्रिया