Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – ज्यादा अभियन गरेको भन्दै भईरहेको आलोचनाबारे ब्राजिली फरवार्ड नेयमारले आफ्नो बचाउ गरेका छन् ।

विश्वकप फुटबलको अन्तिम १६ को खेलमा मेक्सिकोविरुद्धको खेलमा अभियन गरेको भन्दै नेयमारको चौतर्फी आलोचना भईरहेको छ । तर नेयमारले आरोपको खण्डन गर्दै आफुलाई पिडा महशुश भएको बताएका छन् ।

खेलको क्रममा मेक्सिन खेलाडी मिगुएल लायनले नेयमारको खुट्टामा टेक्ने क्रममा उनले ज्यादै पिडा भए जसरी प्रस्तुत गरेका थिए ।
मेक्सिन प्रशिक्षक जुवान कार्लोस ओसोरियाले पेरिस सेन्ट जर्मेन खेलाडीको अभियन फुटबलकोलागि राम्रो उदाहरण बन्न नसक्ने बताएका थिए ।
तर नेयमारले त्यो पिडा नियन्त्रण गर्न नमिल्ने खालको भएको स्पटोक्ती दिएका छन् । उनले भने, ‘यो निकै जटिल थियो । त्यो कुनै सामान्य थिएन जसलाई मैले नियन्त्रण गर्न सकु ।’

‘मैले गलत तरिकाबाट कदम उठाए । मलाई लाग्छ, त्यो बल बाहिर, खेल बाहिर थियो । मलाई लाग्दैन कि त्यसो गर्न पाईन्छ ।’ उनले थपे ।
नेयमारले एक गोल गर्नुकासाथै एक गोलकालागि अवसर सिर्जना गरेपछि सो खेल ब्राजिलले २–० ले जितेको थियो ।

‘यो फुटबलकालागि लाजको बिषय हो । एउटा खेलाडीको कारण खेलको धेरै समय खेर जान्छ ।’ पराजय ब्यहोरेपछि मेक्सिकन प्रशिक्षकले भने ।

तपाईको प्रतिक्रिया