Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – स्विडेन रुसमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रि क्वार्टरफाईनलमा १० खेलाडीमा सिमित स्विजरल्याण्डलाई १ – ० गोल अन्तरले पराजित गर्दै स्विडेन क्वाटरफाइनलमा पुगेको हो ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा स्विडेनले दोस्रो हाफमा गोल गर्दै अन्तिम आठको यात्रा तय गरेको हो  । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा इमील फोर्सवर्गले निर्णायक गोल गरेका थिए  ।  उनको कडा प्रहार स्विस डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

खेलको इन्जुरी समयमा स्विजरल्याण्ड १० खेलाडीमा सिमित भएको थियो । काउन्टर अट्याकमा रहेका स्विडेनका मार्टीन ओल्सनलाई लडाएपछि स्विजरल्याण्डका माइकल ल्याङले रातो कार्ड पाएका थिए ।

योसंगै स्विडेन २४ बर्षपछि विश्वकपको अन्तिम ८ मा पुगेको हो । यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा स्विडेनले तेस्रो स्थान हात पारेको थियो ।

अब स्विडेनले क्वाटरफाइनलमा कोलम्बिया र इंग्ल्यान्डबीचको बिजेतासंग खेल्ने छ ।

तपाईको प्रतिक्रिया