Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – इंग्ल्यान्ड रुसमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रि- क्वाटरफाइनलको अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४ – ३ गोल अन्तरले हराउदै इंग्ल्यान्डले विश्वकपको अन्तिम आठमा स्थान पक्का गरेको हो ।

स्पार्टक स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समयमा १ – १ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा कोलम्बियामाथि इंग्ल्यान्डले बाजी मारेको थियो । पेनाल्टी सुटआउटमा कोलम्बियाका मटेउस उरीबे र कार्लोस बाक्काले गोल गर्न सकेनन् । इंग्ल्यान्डका जोर्डन हेन्डरसनको प्रहार गोलमा परिणत हुन् सकेन ।

यसअघि खेलको इन्जुरी समयमा कोलम्बियाका युरी मिनाले गोल गरेपछि खेल अतिरिक्त समयतर्फ गएको हो । इन्जुरी समयमा मिनाले हेड गोल गरेका थिए । त्यसअघि खेलको ५७ औं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको थियो । कोलम्बियाका सान्चेजले केनलाई पेनाल्टी एरियामा लडाएपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । जसमा केनले सहजै गोल गरे । केनको यो विश्वकपमा छैटौं गोल हो ।

इंग्ल्यान्डले पहिलोपटक पेनाल्टी सुटआउटमा जित हासिल गरेको हो । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा स्विडेनको सामना गर्नेछ । स्विडेन स्विजरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया