Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

कैलाली – कैलालीको टीकापुर अस्पतालमा अाज बिहान अनौठो शिशुको जन्म भएको छ । टीकापुर अस्पताल नजिकै रहेको कमैया शिविरकी २२ वर्षीया शान्ति चौधरीले आफ्नो पहिलो सन्तानको रुपमा अनौठो शिशुको जन्म दिएकी हुन् ।

चार हात, चार खुट्टा रहेको र मेरुदण्ड समेत दुई वटा रहेको अवस्थामा शिवुको जन्म भएको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र खनालले बताउनुभयाे । डा. खनालले करिब १ महिना अगाडि चेकजाँचका लागि आएको बेला आफूले भिडियो एक्सरे गर्दा नै बच्चा यो अवस्थामा रहेको जानकारी दिएको बताउनुभयाे ।

तर, परिवारले विश्वास नगरेर अन्यत्र चेकजाँच गराएको उहाँले बताउनुभयाे । उहाँले सोमबार राति ११ बजेतिर चौधरीलाई व्यथा लागेर अस्पताल ल्याएको भएपनि बिहान ६ बजे मात्रै ६ महिनाको गर्भमा रहेको शिशुको जन्म भएको बताउनुभयाे । शिशुको अवस्था नाजुक रहेको बताउँदै डा. खनालले आमाको अवस्था भने सामान्य रहेको बताउनु भएकाे छ ।

 

तपाईको प्रतिक्रिया