Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – समारा रङ्गशालामा मेक्सिको र ब्राजिलबीच भएको नकआउट चरणको खेलमा ब्राजिल २-० ले विजयी भएर विश्वकप फुटबलकाे क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेकाे हो । लीग चरणमा जर्मनीलाई हराएको  मेक्सिकोले आजको म्याचमा ब्राजिललाई पनि स्तब्ध पार्ने धेरैको आशंका थियो ।

खेलको पहिलो हाफमा  मेक्सिकोले ब्राजिललाई राम्रै दबावमा पारेकाे थियाे । ब्राजिलका स्टार खेलाडी नेइमारले उसको जीतमा ठुलो योगदान गरे । उनले   ५१ औं मिनेटमा  गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।

निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी रहँदा फर्मिनोले दोस्रो गोल गरेका थिए । उनले नेइमारबाट प्राप्त पासलाई गोलमा परिणत गरेका थिए।

हेर्नुस् नेइमारले गोल गर्दाको क्षणको भिडियो(सौजन्य: फिफा टिभी):

तपाईको प्रतिक्रिया