Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले राष्ट्रिय टोलीका प्रशिक्षकलाई फोन गरेर स्पेनमाथिको ऐतिहासिक जितका लागि बधाई दिएका छन् । आइतबार अन्तिम १६ को खेलमा रुसले पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

रुस फिफा बरियतामा सबैभन्दा कमजोर टोलीको रुपमा मैदान प्रवेश गरेको थियो । तर, सबैको अनुमान विपतिर इजिप्ट र साउदी अरेबियालाई पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान बनाउन सफल भएको थियो । र, अहिले यो टोली अर्को अनपेक्षित नतिजा निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । यद्यपि, राष्ट्रपति पुटिनले उद्घाटन खेलबाहेक रुसको अन्य खेल हेर्न स्टेडियम पुगेका छैनन् ।

‘आफ्नो व्यस्त कार्यतालिका कारण वहाँले रुसको खेल रंगशालमा गएर हेर्न पाउनु भएको छैन,’ क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘तर वहाँले टेलिभिजनमा चाहीँ खेल हेर्नुहुन्छ । पूरा देश जस्तै वहाँले टोलीको उत्साह बढाइरहनु भएको छ ।’ खेलअघि पुटिनले रुसका प्रशिक्षक स्तानिस्लाभ चेरचेस्कोभलाई फोन गरेर शुभकामना दिएको र खेलपछि बधाई पनि दिएको पेस्कोभले बताए ।

स्पेन र रुसबीचको खेल हेर्न प्रधानमन्त्री दिमित्री मेडभेडेभ भने रंगशालामा नै पुगेका थिए । स्पेनबिरुद्धको खेलपछि मोस्कोको सडक फुटबल समर्थकहरुले भरिएको थियो जहाँ उनीहरु नाचगान गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया