Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा नियम निलम्बन गरी पारित गर्ने तयारी भइरहेको चिकित्सा शिक्षा विधेयक अन्तत: कार्यसूचीबाट हटाइएको छ । आइतबार नै पेश गर्ने तयारीमा रहेको विधेयकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विरोध जनाएपछि सोमबारको संसद बैठकमा कार्यसूचीबाटै हटाइएको हो ।

बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले हाल तयार भएको प्रतिस्थापन विधेयक पेश गरेमा आफूहरु अवरोधमा उत्रने बताएपछि सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यादेश मात्र पेश गर्ने तयारी सरकारले गरेको छ । चिकित्सा शिक्षा विधेयकमा परिवर्तन गर्दै सरकारले डा गोविन्द केसीसँग भएको सहमति विपरित संसदमा दर्ता गराएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । असार २० गतेसम्म पारित हुनुपर्ने उक्त विधेयक अन्तिम समयमा मात्र सरकारले प्रतिस्थापन विधेयको रुपमा सदनमा पेश गरेको थियो।

यसैबीच, प्रतिनिधिसभाको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले जुम्लामा अनसन बस्न पुगेका प्राडा गोविन्द केसीमाथि भएको अवरोधको निन्दा गरेका छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद वडुले डा केसीको मागमा समाजवाद उन्मुख सरकारलाई किन आपत्ति भएको हो? भन्दै जानकारी दिन माग गर्नुभयो । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बडुले केसीको अनसन फेरि सुरु भएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै स्वास्थ सेवालाई गुणस्तरीय बनाउने माग गर्नु गलत नभएको बताउनुभयाे ।

यसअघि नेपाली कांग्रेसको सरकारले ल्याएको अध्यादेश जस्ताको तस्तै पेश गर्न पनि उहाँले माग गर्नुभयो । डा केसीको माग सम्बोधन गर्ने कुरामा गम्भीर हुन पनि उहाँले सरकारलाई  आग्रह गर्नुभयो । विशेष समयमा बोल्दै सांसद भरतकुमार साहले केसीलाई अनसन बस्न नदिई गरिएको धरपकडप्रति आपत्ति प्रकट गर्नुभयो । ‘विरोध गर्न पाउने संवैधानिक हक भए पनि सरकारले धरपकड गर्ने कार्य किन भयो, त्यसको जानकारी सांसदलाई हुनुपर्‍यो,’ उहाँले भन्नुभयाे ।

तपाईको प्रतिक्रिया