Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – रसिया विश्वकपबाट शनिबार एकै दिन दुई स्टार बाहिरिए । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो आ–आफ्ना टिमलाई जित दिलाउन नसक्दा प्रतियोगिताबाटै बाहिरिए । विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा पोर्चुगल उरुग्वेसँग २–१ र अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित भए । विश्व फुटबल इतिहासमा यी दुई खेलाडीझैँ अन्य स्टार खेलाडीले क्लबस्तरीयमा थुप्रै उपाधि जितेका थिए । तर, राष्ट्रिय टिमबाट खेल्दा उनीहरू एकपटक पनि विश्व च्याम्पियन बन्न सकेनन् ।

लियोनल मेसी 
अर्जेन्टिना

फुटबलकै सबैभन्दा उत्कृष्ट र महान् फुटबलरतर्फ अग्रसर भइरहेका लियोनल मेसीले सम्भवत जीवनभरि नै एउटा ट्रफी सम्झिरहनेछन् । फुटबलमा सबै किसिमका उपाधि जितेका मेसीले अहिलेसम्म जित्न नसकेको ट्रफी विश्वकप नै हो ।

सन् २००६ देखि २०१८ सम्म चारपटक प्रयास गर्दा पनि मेसी विश्व विजेता खेलाडी बन्न सकेनन् । उनी एकपटक उपाधिको निकै नजिक पुगेका थिए । सन् २०१४ को फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भयो र मेसी विश्व च्याम्पियन बन्न वञ्चित भए ।

रसिया विश्वकपमा फ्रान्ससँग हाइस्कोरिङ गेममा ४–३ ले पराजित भएपछि मेसीको सम्भवत अन्तिम प्रयास पनि असफल भयो । बार्सिलोनालाई क्लबस्तरीय सबै उपाधि दिलाउन प्ले मेकर भूमिका निर्वाह गरेका मेसी राष्ट्रिय टिममा त्यस्तो खाले प्रदर्शन गर्न चुक्छन् ।

यसै कारण मेसीमाथि केवल बार्सिलोनाका लागि खेल्ने गरेको आरोप लोग्ने गर्छ । विश्वकपमा उनले केवल ५ गोल मात्र गरेका छन् ।

क्रिस्टियानो रोनाल्डो 
पोर्चुगल

मेसीजस्तै विश्व च्याम्पियन बन्न नसकेका स्टार फुटबलर हुन्, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । दुई वर्षअघि एकल प्रदर्शनमा रोनाल्डोले पोर्चुगललाई युरोकप दिलाए । त्यस्तै, प्रदर्शन गरी रोनाल्डोले पोर्चुगललाई विश्वकप दिलाउने अपेक्षा धेरैले राखेका थिए ।

स्पेन र मोरक्कोविरुद्ध गोल गर्दै रोनाल्डोले युरोकपकै छनक देखाए । तर, सधैँ एकल प्रदर्शनमा खेल जित्न सकिँदैन भन्ने रोनाल्डोले बिर्सिए ।

प्रिक्वार्टरफाइनलमा उरुग्वेसँग २–१ ले पराजित भएसँगै पोर्चुगल र रोनाल्डोको विश्वकप उचाल्ने सपना अधुरै भएको छ । पाँचपटकको फिफा वर्ष खेलाडी रोनाल्डोले विश्वकपमा अहिलेसम्म नकआउट चरणमा गोल नै गर्न सकेका छैनन् ।

ओलिभर कान 
जर्मनी

जर्मन फुटबलले पाएका गोलरक्षकमध्ये सर्वोकृष्ट ओलिभर कान नै हुन् । कानले गोलरक्षक कमान्ड सम्हाल्दा डिफेन्सका खेलाडी ढुक्कले अगाडिसम्म जान्छन् । सन् १९९४ को विश्वकपमा डेब्यु गरेका कान एकपटक उपविजेता बनेका थिए ।

सन् २००२ को फाइनलमा ब्राजिलका स्ट्राइकर रोनाल्डोले कानको उत्कृष्ट प्रदर्शनलाई छायामा पार्दैै दुई गोल गरेका थिए । रोनाल्डोले गोल गरेपछि कान गोलपोस्टको एउटा पोलमा निराश भएर बसे ।

उत्कृष्ट प्रदर्शन गरेका कारण नै कानले २००२ को विश्वकपमा गोल्डेन बल हात पार्न सफल भए । विश्वकपमा एक गोलरक्षकले गोल्डेन बल जितेको कीर्तिमान कानले मात्र राखेका छन् । सन् १९९९ देखि २००२ सम्म युइएफएले प्रदर्शन गर्ने सर्वोत्कृष्ट गोलरक्षक उपाधि कानले हात पारेका थिए ।

माइकल बालाक 
जर्मनी

मिडफिल्डरमा हुनुपर्ने सबै गुण माइकल बालाकसँग थियो । खेलाडीलाई भनेको स्थानमा पास उपलब्ध गराउने सक्ने, स्कोरिङ क्षमता र फ्रिकिकमा सटिक प्रहार गर्न सक्ने बालाक पनि विश्वकप जित्न नसकेका स्टार खेलाडीमा पर्छन् ।

विश्व फुटबलमा एक असफल कप्तान र खेलाडीका रूपमा उनलाई लिने गरिन्छ । सन् २००२ को विश्वकप र सन् २००८ को युरोकप फाइनलमा जर्मनी पराजित हुँदा बालाक नै कप्तान थिए । २००२ र २००६ मा फिफाको अल स्टार टिममा परेका बालाकले ४८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

२००६ को विश्वकपमा उनकै कप्तानीमा जर्मनी तेस्रो भएको थियो । गर्विलो फुटबल करिअर बनाएका बालाकले चारपटक बुन्डेस लिग, एकपटक प्रिमियर लिग, ३ पटक डिएफबी तथा ३ पटक एफए कप
जितेका छन् ।

रोबर्टो ब्राजियो 
इटाली

९० को दशकमा इटालीले गज्जबको फुटबल खेलेको थियो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इटालीलाई सम्भावित उपाधि दाबेदारका रूपमा हेरिन्थ्यो । इटालीलाई त्यस स्तरसम्म पु¥याउन स्ट्राइकर रोबर्टो ब्राजियोको योगदान धेरै थियो ।

इटालियन फुटलबकै सर्वोकृष्ट स्ट्राइकर भनिने ब्राजियोले अमेरिकामा भएको विश्वकप कहिले बिर्सिन सक्दैनन् । वान आर्मी प्रदर्शन गर्दै ब्राजियोले इटालीलाई फाइनलमा पु-याएका थिए । फाइनलको टाइब्रेकरमा ब्राजियोको एक असफल पेनाल्टी प्रहारसँगै उनी विश्व विजेता खेलाडी बन्नबाट चुके ।

प्रावधिक रूपमा उनको समयमा ब्राजियो नै उत्कृष्ट स्ट्राइकर थिए । ब्राजियोले १९९३ मा फिफा वर्ष खेलाडी उपाधि जितेका थिए । विश्वकपमा उनले सिल्भर बुट जितेका छन् । क्लबस्तरीयमा ४ सय ८९ खेलमा उनले २ सय २३ तथा राष्ट्रिय टिमबाट ५७ खेलमा २६ गोल गरेका छन् ।

डेनिस बर्गक्याम्प 
नेदरल्यान्ड

आर्सनलका लिजेन्ड डेनिस बर्गक्याम्प टेक्निकल्ली अहिलेसम्मकै उत्कृष्ट खेलाडी मानिन्छन् । एज्याक्सबाट करिअर सुरु गरेका बर्गक्याम्पले सात वर्षभित्रै क्लबलाई पाँचपटक लिग च्याम्पियन बनाए । एज्याक्सका लागि २ सय ३७ खेलमा १ सय २२ गोल गरेपछि आर्सनलमा उनी आबद्ध भए ।

आर्सनलमा रहँदा उनले राज गरे । ११ वर्ष आर्सनलमा बिताएका बर्गक्याम्पले तीनपटक प्रिमियर लिग, चारपटक एफए कप उपाधि जिते ।

तर, राष्ट्रिय टिम नेदरल्यान्डका लागि उनले यस किसिमको सफलता दिलाउन सकेनन् । १९९० देखि २००० सम्म डच टिममा रहँदा उनी विश्वकप र युरोकपको सेमिफाइनलसम्म मात्र पुगे । डच फुटबलका एक राम्रा फुटबलर जो विश्व च्याम्पियनको नजिक पनि पुग्न सकेनन् ।

डेभिड बेकह्याम 
इंग्ल्यान्ड

डेभिड बेकह्यामको चर्चा अहिले पनि हुने गर्छ । उनले फुटबलबाट ६ वर्षअघि सन्न्यास घोषणा गरे । यद्यपि, बेकह्याम अहिलेका नाम चलेका खेलाडीकै हाराहारीमै आर्जन गर्छन् । सन् १९६६ पछि इंग्लिस फुटबलमा नाम कमाएका खेलाडीमा बेकह्याम शीर्ष स्थानमा पर्छन् ।

फ्रिकिक विशेषज्ञ बेकह्यामले म्यानचेस्टर युनाइेटड, रियल म्याड्रिड, एसी मिलान, अमेरिकन क्लब ग्यालेक्सी र पिएसजीमा व्यावसायिक फुटबल खेले । उनले जति वर्ष फुटलब मैदानमा बिताए, त्यति नै आफूलाई चर्चामा राखे ।

तर, बेक्ह्यामले इंग्ल्यान्डलाई विश्व च्याम्पियन बनाउन सकेनन् । सन् २०१० को विश्वकप अघि खुट्टा भाँचिएपछि उनको अन्तिम विश्वकप यात्रा अधुरै भयो । इंग्लिस टिमबाट उनले १९९६ देखि २००९ सम्म १ सय १५ खेलमा १७ गोल गरेका थिए ।

लुइस फिगो 
पोर्चुगल

पोचुगलका लुइस फिगो आफने जेनेरेसनकै उत्कृष्ट खेलाडी थिए । पोर्चुगलका सर्वकालीन महान् खेलाडीको सूचीमा रहेका फिगो विशेषत : ड्रिब्लिङ, क्रसबल तथा चलाखीपूर्ण पास उपलब्ध गराउन माहिर थिए ।

बार्सिलोना, रियल म्याड्रिड तथा इन्टर मिलानमा करिअर बनाएका फिगोले एकपटक च्याम्पियन्स लिग जितेका छन् । आफू आबद्ध क्लबलाई प्रिमियर लिग च्याम्पियन बनाए । तर, उनले राष्ट्रिय टिमलाई भने विश्व च्याम्पियन बनाउन सकेनन् ।

फिफा वर्ष खेलाडी घोषित फिगोको कप्तानीमा पोर्चुगल सन् २००६ को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । उनको कप्तानीमा पोर्चुगल युरोकप २००४ को उपविजेता भएको थियो ।

(एजेन्सीको सहयोगमा)

तपाईको प्रतिक्रिया