Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – रुसी विश्वकपको ड्र सार्वजनीक भएलगत्तै धेरै बलिया राष्ट्रले लामो सास फेरे । कारण, यस पटकको ड्रमा ‘ग्रुप अफ डेथ’ मानिने कुनै समुह देखिएन ।

सबैले मानेको एउटा तथ्य, बलिया राष्ट्रले नकआउट चरणको यात्रा सहजै पार गर्नेछन् । तर विश्वकपको समुह चरणको यात्रा निकै दर्दनाक रह्यो । किनकी बलियो भनिएका टोलीले निकै अप्रत्यासित नजिता ब्यहोर्न बध्य भए ।

सबैलाई आश्चार्य पार्ने नतिजा पुर्व विश्व विजेता जर्मनी समुह चरणबाटै घर फर्कियो । अन्तिम खेलमा उसले एसियाली राष्ट्र दक्षिण कोरियासंग २–० लज्जास्पद हार ब्यर्होयो ।

अर्को खेलमा लियोनल मेस्सी प्रेरित अर्जेन्टिनालाई समेत समुह चरणमा क्रोएसियाले ३–० ले हरायो । पहिलो खेलमा अर्जेन्टिना विश्वकपको डेब्यु टोली आईसल्याण्डसंग १–१ को बराबरीमा रोकिएको थियो ।

उपाधि दाबेदार मानिएको अर्जेन्टिना अन्तिम १६ को भिडन्त भन्दा अगाडी बढ्न सकेन । फ्रान्ससंग पराजित भएसंगै मेस्सीको उपाधि जित्ने सपना समेत समाप्त भयो ।

अझ करियरकै उत्तरार्धमा रहेका क्रिस्टियानो रोनाल्डोको टोली समेत प्रि क्वार्टरफाईनल भन्दा अगाडी बढ्न सकेन । युरो कपको विजेताको हैसियतमा विश्वकप खेल्न आएको रोनाल्डो प्रेरित पोर्चुगल उरुग्वेसंग पराजित हुदै घर फर्कन बाध्य भयो ।

त्यसपछि पालो आयो सन् २०१० को विश्व विजेता टोली स्पेनको ।

विश्व वरियतामा कमजोर रुसको प्रर्दशनलाई लिएर धेरैको मनमा शंका थियो । विश्वकप अघिका अभ्यास खेलमा समेत उसको प्रर्दशन फितलो थियो ।

तर जब बिश्वकप सुरु भयो, आयोजक राष्ट्र एकाएक लयमा देखियो । पहिलो खेलमा साउदी अरबलाई ५–० ले हराउदै विश्वकपको सफल उद्घाटन ग¥यो ।

अर्को खेलमा इजिप्टलाई हराउदै उसले नकआउट चरणको ढोका खोलिसकेको थियो । धेरैलाई लागेको थियो, आयोजक राष्ट्रको यात्रा नकआउट चरणसम्म मात्र हो । कारण विपक्षमा थियो सन् २०१० को विश्व विजेता स्पेन ।

युरोपेली क्लब फुटबलमा चम्किएका खेलाडीको साथ पाएको स्पेनले सहज जित निकाल्ने धेरैको अपेक्षा थियो । तर नजिता उल्टो आयो । अर्थात रुसले पेनाल्टी सुटआउटमा स्पेनलाई ४–३ ले हराउदै अन्तिम ८ को यात्रा तय ग¥यो ।

पछिल्लो नजितासंगै विश्वकपको फाईनलमा एक नयाँ टोलीले स्थान बनाउने समिकरण तय भएको छ । अब रुस, डेनमार्क, स्विडेन, स्विटजरल्याण्ड, क्रोएसिया, कोलम्बिया र इङ्ल्याण्ड मध्य एक टिमले फाईनलमा स्थान बनाउनेछ ।

बलिया भनिएका टोलीले स्तब्धपुर्ण नतिजा ब्यर्होदा प्रश्न उठ्छ, अब पालो कसको ? तालिका अनुसार अब ब्राजिलले बलियो प्रत्यासी मेक्सिको, इङल्याण्डले कोलम्बिया र बेल्जियमले एसियाली पावर हाउस जापानसंग खेल्दैछ ।

पछिल्ला नजिताले यही भन्छ, कुनैपनि टोली जारी विश्वकपमा सुरक्षित छैनन् । कुनैपनि टोली, कुनैपनि समय घर फर्कन सक्नेछन् ।

तपाईको प्रतिक्रिया