Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै आयोजक रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । घरेलु मैदानमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय १-१ को बराबरीमा रोकिएपछि पेनाल्टीसुटआउटबाट खेलको निर्णय भएको हो ।

जहाँ स्पेनका कोके र इयागो असपास गोल गर्न असफल भए । दुवैको पेनाल्टी प्रहार रसियाका गोलकिपर अकिनिभले बचाए । आसपासको पेनाल्टी गोलकिपर अकिनिभले ढलिसकेका बेला खुट्टाले छेकेर बचाएका थिए । रसियाका लागि स्मोलोभ, इग्नासोभिक चेरिसेभ र गोलोभिनले गोल गरे। स्पेनका इनेष्टा, पिके र रामोसले मात्र गोल गरे । रसियाले अब क्वाटरफाइनलमा क्रोएसिया र डेनमार्कबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मस्कोस्थित लुजनिकी स्टेडियममा रसियाका सर्गेई इग्नासेभिचले आफ्नै पोस्टमा गोल गरेपछि स्पेनले १२औँ मिनेटमै घरेलु टोली विरुद्ध अग्रता बनाएको थियो । तर रसियाले पहिले हाफमै बराबरी गोल फर्कायो। ४१औँ मिनेटमा अर्टेम ज्युबाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थपिएको हो । निर्धारित समयमा स्पेनले बारम्वार आक्रमण गरेपनि गोल गर्न भने सकेन ।

खेल अतिरिक्त समयमा गएपछि विश्वकप फुटबलको इतिहासमै पहिलो पटक फोर्थ सब्स्टिच्युसनको प्रयोग पनि यही खेलमा भयो । फिफाको नयाँ ल अफ गेम अनुसार अतिरिक्त समयमा खेल पुगेको खण्डमा चौथो वैकल्पिक खेलाडी प्रयोग गर्न पाउनेछ । ९७औँ मिनेटमा डालेभ कुज्याभको स्थानमा रसियाले अलेक्जान्डर येरोदखिनलाई मैदान उतार्दै चौथो वैकल्पिक खेलाडी खेलायो। यस्तै स्पेनले पनि १०४औँ मनेटमा मार्को असेन्सिओको स्थानमा रोड्रिगोलाई चौथो वैकल्पिक खेलाडीको रुपमा खेलायो ।

तपाईको प्रतिक्रिया