Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – रुसमा जारी विश्वकप फुटबलको नक आउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । राउण्ड अफ सिक्सटिनको पहिलो खेलमा आज वेलुकी अर्जेन्टिना र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे सुरु हुनेछ ।

अर्जेन्टिना समुह डि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो भने फ्रान्स समुह सि को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

दुई पटकको विश्व विजेता अर्जेन्टिना तथा एक पटकको च्याम्पियन फ्रान्सविचको यो खेल निकै रोचक हुने अनुमान छ ।

अर्जेन्टिना र फ्रान्सबीच अलिहेसम्म ११ खेल भएका छन् । जसमा अर्जेन्टिना ६ पटक विजयी हुँदा फ्रान्सले ३ खेल जितेको छ । बाँकी २ खेल बराबरीमा सकिएका छन् ।

आजै राती पौने १२ वजे उरुग्वे र पोर्चुगल भिड्नेछन् । उरुग्वे समुह ए को विजेताको रुपमा तथा पोर्चुगल समुह बि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।

समुहका सबै तीन खेल जितेको उरुग्वेले एक गोल पनि खाएको छैन भने ५ गोल गरेको छ । दुई पटक विश्वकप जितेको उरुग्वेले १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

उता, पोर्चुगल पनि साविक युरोपियन च्याम्पियन हो । समुहको पहिलो खेलमा स्पेनसँग ३-३ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १-० ले हराएको थियो ।

तेस्रो तथा अन्तिम खेलमा ईरानसँग १-१ गोलको बराबरी खेल्दै पोर्चुगल नक आउट चरणमा पुगेको हो ।

पोर्चुगलले अहिलेसम्म विश्वकप फुटबलको उपाधि जित्न सकेको छैन ।

उरुग्वे र पोर्चुगलले अहिलेसम्म दुई पटक भिडेका छन् । जसमा पोर्चुगल एक पटक विजयी भएको छ भने एक खेल बराबरीमा टुंगिएको छ ।

तपाईको प्रतिक्रिया