Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – कोलम्बिया रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार भएको समूह चरणको अन्तिम खेलमा सेनेगललाई १ – ० ले हराउदै कोलम्बिया समूह ‘एच’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

समारा एरिनामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कोलाम्बियाले गोल गर्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । खेलको ७४ औं मिनेटमा एरी मिनाले गोल गर्दै कोलम्बियालाई १ – ० को महत्वपूर्ण जित दिलाएका हुन्  ।

यो जितसंगै समूह ‘एच’ मा रहेको कोलम्बियाले ६ अंक जोड्न सफल भयो । ४ अंक जोडेको सेनेगल समूह चरणबाट बाहिरिएको छ

तपाईको प्रतिक्रिया