Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत स्विजरल्याण्डले कोस्टारिकासंग बराबरी खेल्दै उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा स्विस टोलीले कोस्टारिकासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

स्विजरल्याण्ड ३ खेलबाट ५ अंक जोड्दै समुह उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । ३१ औ मिनेटमा डिजिमालीले गोल गर्दै स्विस टोलीलाई अग्रता दिलाएका थिए । ५६ औ मिनेटमा कोस्टारिकाको वाटसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर खेल सकिन २ मिनेट बाँकी छदाँ डिरमिकले गोल गर्दै स्विस टोलीलाई जित नजिक पु¥याएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा सोमरको आत्मघाति गोलसंगै स्विजरल्याण्डले कोस्टारिकासंग अंक बाँड्न बाध्य भयो ।

कोस्टारिका एक अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ । सर्विया ३ अंक सहित प्रतियोगिताबाट बिदा भएको छ ।

तपाईको प्रतिक्रिया