Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –  फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा कोलम्बियाले शानदार जित दर्ता गरेको छ । आईतबार राति भएको खेलमा कोलम्बियाले पोल्याण्डलाई ३ – ० गोल अन्तरले हराएको हो । कजान एरिनामा कोलम्बियालाई जित दिलाउन यरी मिना, कप्तान राडमेल फाल्काओ र जुवान काउड्राडोले समान एक एक गोल गरे ।

खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका । उनले हेडबाट उकृष्ट गोल गरे । पहिलो हाफमा १ – ० को अग्रता बनाएको कोलम्बियाले दोस्रो हाफमा थप दुई गोल गर्यो ।  खेलको ७० औं मिनेटमा फाल्काओले गोल गर्दै कोलम्बियालाई २ – ० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा काउड्राडोले गोल गर्दै कोलम्बियालाई ३ – ० को महत्वपूर्ण जित दिलाए । पोल्याण्डले खेलमा केहि राम्रो आक्रमण गरेपनि गोल निकाल्न नसक्दा कोलम्बियासँग स्तब्ध बनेको हो । जितसँगै समूह एचमा कोलम्बियाले ३ अंक जोडेको छ ।  कोलम्बियाको दोस्रो चरण पुग्ने सम्भावना कायम रहेको छ ।

लगातार दुई खेल गुमाएको पोल्याण्ड भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ  ।  समूह चरणको पहिलो खेलमा पोल्याण्ड सेनेगलसंग २–१ ले पराजित भएको थियो । कोलम्बिया पहिलो खेलमा जापानसंग २–१ ले पराजित भएको थियो । यो समूहमा जापान र सेनेगलको समान  ४ – ४ अंक रहेको छ । र, दुवैको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।

अब अन्तिम खेलमा कोलम्बियाले सेनेगल र पोल्याण्डले जापानसँग खेल्ने छ  ।

तपाईको प्रतिक्रिया