Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –फिफा विश्वकप फुटबलमा जापान र सेनेगलले बराबरी खेल्दै अंक बाडेका छन्  । आइतबार राति भएको खेलमा जापान र सेनेगलले २ – २ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

एक्टेरीङबर्ग स्टेडियममा सेनेगलले लिएको दुई पटकको अग्रता उल्टाएर जापानले बराबरी खेलेको हो । सेनेगलका लागि साडियो माने र मौसा वागुएले एक एक गोल गरे । जापानका ताकासी इनुई र किसुके होन्डाले एक एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता सेनेगलले बनाएको थियो । खेलको ११ औं मिनेटमा  मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन्  । जापानको किपरले पन्च गरेर क्लियर गर्न खोजेको बल मानेलाई ठोक्किएर गोल भएको थियो ।  तर, खेलको ३४ औं मिनेटमा ताकासीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याएका थिए  ।

पहिलो हाफ १ – १ को  बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेनेगलले पुन अग्रता बनाएको हो । सेनेगलका वागुएले खेलको ७१ औं मिनेटमा गोल गर्दै सेनेगललाई २ – १ को अग्रता दिलाए । १९ बर्षीय वागुएको यो राष्ट्रिय टोलीका लागि पहिलो गोल हो । तर, खेलको ७८ औं मिनेटमा होन्डाले गोल गर्दै जापानलाई खेलमा फर्काए । सिन्जी कागवाको स्थानमा दोस्रो हाफमा मैदान पसेका होन्डाले गोल गर्दै खेल २ -२ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै दुवै टोलीले समूह एचमा ४ – ४ अंक जोडेको छ । र, दुवैको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ । यसअघि पहिलो खेमा एसियाली पावर हाउस जापानले कोलम्बियालाई २ – १ ले पराजित गरेको थियो । यस्तै सेनेगलले पोल्याण्डलाई २ – १ ले नै हराएको थियो ।

अब जापानले अन्तिम खेलमा पोल्याण्ड र सेनेगलले कोलम्बियासँग खेल्ने छन् ।

तपाईको प्रतिक्रिया