Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  गर्मी मौसममा अधिकांश बालबालिकालाई आँखाको एलर्जीको समस्या हुन्छ । खासगरी, जाडो मौसम सकिएर गर्मी सुरु हुनेबित्तिकै बालबालिकालाई यस्तो समस्याले बढी सताउने गर्छ । ५ देखि ८ वर्षसम्मका बालबालिकामा आँखाको एलर्जी बढी देखिन्छ । किनभने, गर्मी एलर्जीका कीटाणु सक्रिय हुने मौसम हो ।

यसकारण
बच्चाको आँखामा एलर्जी हुने ग्रन्थि हुन्छन् । उमेर बढ्दै गएपछि यस्ता ग्रन्थिको संख्यामा कमी आउन थाल्छ । तर, बालबालिकाको आँखामा एलर्जी भएमा त्यति धेरै आत्तिनु भने पर्दैन । यस्ता बालबालिकाले औषधिको प्रयोग गर्नेबित्तिकै एलर्जी कम हुने गर्छ । विशेषगरी, ५ देखि ८ वर्ष उमेरसमूहका बालबालिकालाई एलर्जीले सताउने गर्छ ।

लक्षण 
-आँखा रातो हुने
-चिलाउने
-आँखाको डिल सुन्निने
-आँखाबाट सेतो रङको तरल पदार्थ निस्कने ।

यसरी बच्ने
बालबालिकालाई चर्को घाममा लामो समय बस्न दिनुहुँदैन । यसरी लामो समय घाममा बस्दा आँखामा एलर्जीले बढी सताउन सक्छ । किनकि, घाममा बस्दा सूर्यको किरण प्रत्यक्ष रूपमा बच्चाको आँखामा पर्छ र त्यो तापक्रमले आँखाको एलर्जी हुन्छ ।

त्यस्तै, बाहिर हिँड्दा आँखाको सुरक्षाका लागि बालबालिकालाई पनि चस्माको प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ । बाहिर निस्कँदा पनि टाउकोमा ह्याट लगाइदिने । ह्याटले आँखालाई कीटाणुबाट धेरै हदसम्म बचाउने गर्छ ।

बाहिरबाट घर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुने र दिनमा कम्तीमा तीनपटक सफा पानीले आँखा सफा गर्ने ।

तपाईको प्रतिक्रिया