अहिले समाजमा सबैलाई सुख चाहिएको छ, सबैलाई रातारात धनी हुनुपरेको छ । कसैकाे अाखामा अहिले सानो तिनाेमा जादैन अहिले सबैले अाफ्नाे छाेराछाेरी लाई पढ्न हाेस् कि काम गराउन अमेरिका बेलायत जापान काेरिया अष्टे«लिया मै ऋण धन गरेर भए पनि पठाएका छन् । देशमा न त राेजगारी छ न त सरकारले उद्योग धन्दा कलकारखाना नै खाेल्न सकेको छ अहिले पनि दैनिक रूपमा युवाहरू राहदानी बाेकेेर कामकाजको खाेजिमा बिदेशतिर भाैतारिरहेका छन् ।
अहिले देशमा बामपन्थी गठबन्धनकाे बहुमतको शक्तिशाली सरकार छ । अहिले देशको ७ वटै प्रदेशमा सरकार बनिसकेको छ जनताको समस्या ज्यूकातिउ छ केही परिवर्तन हुन सकेको छैन ।
अहिले हाम्रो शिक्षा बिदेशीकाे भाडा माझ्नेभन्दा अरू केही हुन सकेको देखिदैन। शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरेको छ । जनताले पनि अाफूले खाइ नखाई महंगो स्कूलमा छाेराछाेरी पढाएर बिदेश पठाउने धुनमा लागिरहेका छन् ।
अहिले जसलाई शाेध्याे भने छाेरा बुहारी छाेरी भतिजी भतिजो सबै अष्टे«लिया, जापान, अमेरिका, काेरिया छन् भनेर धाक दिएर कुरा गर्छन् । सानोतिनो कुरा गर्न काेही पनि तयार छैनन् बस् सबैकाे अाँखामा यतिबेला बिदेश नै बिदेश नाचिरहेकाे छ ।अहिले पनि दिनहुँ त्रिभुवन बिमानस्थलमा बिदेशमा गएर काम गर्ने नेपाली युवाकाे लास काठको बाकस झरिरहेकाे छ यसतर्फ कसैको दृष्टि पुगेको छैन ।
गाउँ घरमा भएको खेतीपाती सबै अलपत्र छ बुढाबुढी अामाबाबुलाई अहिले एक गिलास बिहान बेलुकी तातोपानी तताएर खान दिनेसम्म काेही पनि छैन ।अहिले गाउँ घर युवा बिहिन अबस्थामा पुगेको छ भएका छाेराछाेरी बिदेशी भूमि मै रमाएका छन् कसैलाई अहिले न त बाबु अामाकाे चिन्ता छ, न त गाउँघर कै चिन्ता छ । समाज झन भन्दा झन स्वार्थी बन्दै गइरहेको छ । अहिले शहर बजार देखि गाउँ घरमा बिबाहकाे लागि केटी माग्नलाई पनि धेरै गार्हो भइसकेको छ । गरिब तथा निम्न बर्गका न त छाेराकाे बिबाह हुन्छ । भनेको ठाउँमा नत छाेरी कै बिबाह हुन्छ भनेको घरमा अहिले सबैलाई जापान काेरिया अष्टे«लिया अमेरिका क्यानडा कै भुतले भएको छ ।
बागलुङ सदरमुकाममा केही महिना अगाडी एउटा ब्यबसायी संघले अायाेजना गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्ने बक्ताहरूले अहिले गाउँ घरमा बिबाहकाे लागि केटी माग्न जादा केटाकाे घरमा केही काम गर्न पर्दैन । केटा बिदेशमा छ खेती किसानी घरमा केही दुख गर्न पर्दैन । उस्तै परे केटाले बिदेश मै लग्छ भन्ने चलन शुरू भइसकेको मार्मिक कुरा सुनाउनु भएको थियो । पहिला जमानामा केटी माग्न जादा केटा कतिकाे हुने खाने छ खेतिपाती कति छ गाई बस्तु कति छ कति दिनको मेला छ भैंसी लाई खुवाउने परालको टाैवा कति ठुलो छ भनेर हेर्ने गरिन्थ्यो । केटाकाे चालचलन अानी बानीकाे त अाफ्नाे ठाउँमा भए अहिले चलन फरक्क फर्किएको छ। अहिले कसैलाई पनि गाउँघरमा दुख गरेर जिन्दगी बिताउने रहर छैन । सरकारले एकातिर देशलाई समाजबादतर्फ लैजाने भनेर संविधान मै लेखेको छ । सरकारले गर्ने काम गतिविधि भने पुरै पूँजिवादी देखिन्छ ।अहिले सबैलाई पैसाको अावश्यकता परेको छ पैसा के काे लागि भनेर प्रश्न गर्न अावश्यक नै छैन छाेराछाेरी राम्रो स्कूलमा पढाउन बिरामी हुदा उपचार गर्न अहिले सबैभन्दा बढी महंगो खर्च भनेको स्वास्थ र शिक्षा मै छ । यसको लागि जसरी भएपनि मान्छेलाई पैसा कमाउनु परेको छ अहिले सबै नेपाली मुखमा बिदेश र पैसा मै केन्द्रित भएका छन् ।
श्रीमान बिदेश गएपछि अहिले गाउँका छाेरी बुहारी बजारमा झर्छन बजारमा भएका शहरतिर लम्कने नयाँ प्रबृत्ति नै भइसकेको छ ।अहिले बिबाहकाे लागि केटी खाेज्नेहरूले पनि भरसक बिदेशमा गएर पढ्ने अनि काम भएका नै खाेज्ने अनि राेज्न थालेको कारणले अहिले बजारदेखि गाउँ घरमा रहेका सामान्य केटीहरूकाे बिबाह नै नहुने हाे कि भन्ने चिन्ता बढ्न थालेको छ ।अहिले सबै सबैलाई मात्रै सुख अनि बिलासिता कै चाहना छ । कसैलाई पनि दुख गर्न मन छैन नेपाली पुरानो संस्कृति बिस्तारै बिस्तारै पश्चिमीकरण हुदै गइरहेको छ । यो अब कहाँ पुगेर टुंगो लाग्ने हाे यसको जवाफ कसैसंग छैन ।अहिले शहर बजारमा खुलेका बिदेशी भाषा कक्षा पढ्नेहरू धेरै जसाे गृहिणी नै भेटिन्छन् सरकारले युवालाई राेजगारी उपलब्ध गराउने भनेर भने पनि भएकाले न त राम्रोसँग काम पाएका छन् नत काम गरेको दाम नै पाएका छन् ।
अहिले देशमा राष्ट्रवादी सरकार बामपन्थी गठबन्धनकाे शक्तिशाली सरकार बनेपनी अहिले यसले राेजगारी दिन सकेको छ । न त अहिले भर्खरै बिदेश जाने युवालाई नै राेक्ने कार्यक्रम नै बाहिर ल्याउन सकेको छ । साँच्चै भन्ने हाे भने अहिले हाम्रो देशको शिक्षा न त ब्यबहारिक छ न त बैज्ञानिक नै छ । अहिले साँच्चै भन्ने हाे भने अहिलेकाे शिक्षा बिदेशीकाे भाँडा माझ्ने भन्दा अर्को केही पनि हुन सकेको छैन । बरू बिदेशीकाे गुलाम बन्न तयार छन् बिदेशीकाे भाँडा माझ्न तयार छन् तर देशमै सानोतिनो काम धन्दा गरेर बस्न काेही पनि तयार छैनन् । यो हामी नेपालीहरूकाे बास्तबिकता हाे । जबसम्म शिक्षा ब्यबहारिक र बैज्ञानिक अनि राेजगार मुलुक हुदैन तबसम्म पढाइने शिक्षा खाली देशमा बेरोजगार युवा उत्पादन गर्ने कारखाना भन्दा अरू केही पनि हुन सक्दैन अहिले देश संघियतामा गइसकेपछि शिक्षामा अामुल परिवर्तन गर्न जरुरी छ । अहिले पनि हामीले बिदेशीले जेजस्तो भन्यो त्यहीँ नक्कल गरेर जाने बानी छ हाम्रो कसको पुस्तक लगाउने कसको लगाउदा कमिशन अाउछ कसरी धनी भइन्छ भन्ने दरिद्र मानसिकता छ अनि कसरी परिवर्तन संभव छ ?
प्रत्येक बर्ष हजारौं बिद्यार्थी लाई हातमा सीप दिएर अात्मानिर्भर बनाउने राेजगार मुलुक शिक्षा दिने निति अब राज्यको हुन जरुरी छ अहिले शिक्षा क्षेत्रमा भएको दलाली र सेण्डिकेट पनि सरकारले ताेड्न जरुरी छ । अहिले केही कृषकहरूले अाफ्नै बल र मेहनतमा भैंसी गाई पालन गरेर राम्रो अाम्दानी गरेको देखिन्छ केहीले तरकारी फलफूल खेती गरेर अाम्दानी गरेको देखिन्छ । तर त्यो धेरैले सिकाे गर्न सकेको भने छैनन् । जसरी हुन्छ मान्छेलाई पैसा कमाउनु परेको छ न त नैतिकता चाहिएको छ नत सामाजिक डर कै चिन्ता छ मान्छे झन भन्दा झन स्वार्थि बनिरहेको छ यसतर्फ कसैको ध्यान पुगेको छैन अहिले निर्वाचन जितेका जनप्रतिनिधि लाई यस्तो कुरामा खासै मतलब पनि छैन नत राज्यको कुनै निति नियम नै छ ।साच्चिकै समाजबाद तर्फ जाने लक्ष्य हाे भने हाम्रो निति कार्यक्रम सबै त्यतै तर्फ उन्मुख हुनुपर्छ । जबसम्म धनि र गरिब बिचकाे खाडल समाजमा रहि रहन्छ तबसम्म खाेक्राे नारा ले केही हुनेवाला छैन ।
तपाईको प्रतिक्रिया