Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडों –  अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्य समिती निर्वाचन आज हुँदैछ । राजधानीको सानेपास्थित एक होटलमा केहिबेर अघि निर्वाचन प्रक्रिया सुरु भएको एन्फाका प्रवक्ता संजिब मिश्रले जानकारी दिनुभयो ।

निर्वाचनले एन्फाको नयाँ नेतृत्व चयन गर्नेछ । एन्फा नेतृत्वका लागी कर्मा छिरिङ शेर्पा र मणि कुँबरले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । यद्यपी कुँबर प्यानलले हिजो पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रियामा भाग नलिने घोषणा गरेको छ।

कुँबरले नेतृत्वका लागि प्रक्रियागत हिसाबमा उम्मेदवारी दर्ता गराएको र उम्मेदवारी फिर्ता गर्ने समयभित्र पनि फिर्ता नलिएकाले उनको उम्मेदवारी कायमै रहेको निर्वाचन समितीले जनाएको छ ।

वैशाख १२ गते पाटन उच्च अदालतले अन्तरिम आदेश खारेज गरेसँगै एन्फा कार्य समितीका लागि आज निर्वाचनको बाटो खुलेको थियो । निर्वाचनबाट एक अध्यक्ष, चार उपाध्यक्ष, र १० सदस्सय चयन हुनेछन् ।

त्यसका लागि ४५ जिल्ला, २८ क्लब र चार संघ गरी ७७ जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया