Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – पास्कल ग्रसको गोल निर्णयक बन्दा इंग्लिस प्रिमियर लिगमा ब्राइटन एण्ड होवले म्यान्चेष्टर युनाइटेडलाई हराएको छ ।

प्रियिमर लिग तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडलाई १–० ले हराउँदै ब्राइटन रेलिगेसनमा पर्ने खतराबाट मुक्त भयो ।

खराब प्रदर्शन गरेको युनाइटेड खेलको सुरुवातमा नै गोल खानबाट जोगिएको थियो । ग्लेन मुर्रेले डिबक्स बाहिरबाट गरेको प्रहार युनाइटेडका गोलकिपर डि गेयाले बचाएका थिए ।

५७ औं मिनेटमा पास्कल ग्रसले हेड मार्फत गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । त्यही गोलको कारणले ब्राइटले महत्वपूर्ण तीन अंक जोड्दै रेलिगेसनबाट बच्न सफल भयो ।

प्रिमियर लिगमा तीन खेल बाँकी रहँदा ब्राइटन रेलिगेसन क्षेत्रभन्दा ८ अंकमाथि छ । म्यान्चेष्टर युनाइटेड भने ७७ अंकसहित दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया