Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

टोकियो – गत अक्टोबर १३ तारिखका दिन टोकियो सेतागाया वार्डको एउटा घर नजिकको स्थानमा उच्च बिकिरिणयुक्त पदार्थको मापन गरिएपछि सो क्षेत्रमा सन्त्रास फैलिएको थियो । जसको कारणले गर्दा त्यहा सञ्चारकर्मी, प्रहरी, स्थानिय अधिकारी तथा सर्बसाधारणले चासोका साथ हेरेका थिए । र कतिपयले आफूसंग भएको बिकिरणमापक यन्त्रबाट आफू रहेको र वरिपरिका स्थानको बिकिरण मापन गरेका थिए । सो स्थानमा मापन गरिएको बिकिरणको मात्रा ३ माइक्रो सिबेल्ट प्रतिघण्टा रहेको थियो । जुन अंक सरकारले तोकेको सुरक्षित स्तर भन्दा अधिकतम हो । सो स्थान नजिकै बिद्यालय तथा उद्यानहरु पनि रहेकोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने डरले स्थानिय बासिन्दाहरु चिन्तित भएका छन् । सो स्थानको वरपर नजानको लागि पनि स्थानिय अधिकारीहरुले अनुरोध गरेका छन ।

यसैगरी, टोकियोकै आदाची वार्डको हिगासी फुचिए प्राइमरी स्कूलको स्वीमिङ पूल नजिकैको स्थानमा पनि ४ माइक्रो सिबेल्ट प्रतिघण्टाको बिकिरणयुक्त पदार्थ मापन गरिएको छ । छानाको पानी संगालेर जमिनमा झार्ने पाइपको तल यस्तो मापन गरिएको हो । जमिनबाट ५ सेन्टिमिटरको अग्लाइमा ४ माइक्रो सिबेल्ट भेट्टाइए पनि त्यसभन्दा माथि भने ०.२४ माइक्रो सिबेल्ट मापन गरिएको छ । निश्चित स्थानहरुमा मात्र यस किसिमले उच्च बिकिरण मापन गरिनुको कारण आकाशबाट परेको पानीसंगै बिकिरणयुक्त पदार्थहरु झर्ने र केही स्थानहरु धेरै समयसम्म सरसफाइ पनि नगरेकोले यस्तो भएको हुन सक्ने बताइएको छ । ती स्थानहरुमा नजिक नजान स्थानिय बासिन्दाहरुलाई अनुरोध गरिएको छ ।

यसभन्दा अघि पनि टोकियो, चिबा, कानागावाका बिभिन्न स्थानहरुमा उच्च बिकिरण मापन गरिएको खबरहरु आएका थिए । जसका कारण पछिल्ला दिनहरुमा बिकिरण मापक उपकरण खरिद गर्ने मानिसहरुको संख्या बढ्दो छ ।

तपाईको प्रतिक्रिया