Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – इण्डियन प्रियिमर लिगमा मंगलबार राति भएको खेलमा बेंग्लोर विजयी भएको छ । १ सय ६७ रनको योगफल रक्षा गर्दै बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो ।

बेंग्लोरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । बेंग्लोरका लागि मनन बोह्राले ४५ रन बनाएका थिए भने ब्रेण्डन म्याकुलमले ३७ तथा विराट कोहलीले ३२ रन जोडे ।

बलिङतर्फ हार्दिक पाण्ड्याले ३ विकेट लिए भने मिचेल म्याकलेनाघन, जस्प्रित बुम्राह र मायंक मार्कन्डेयले १–१ विकेट लिए ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमा सीमित भयो । मुम्बईका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ५० रन बनाए । यस्तै, जेपी डुमिनी र क्रुनाल पाण्ड्याले २३–२३ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भए ।

मुम्बईलाई हराउनका लागि टिम साउथी, उमेश यादव र मोहमद सिराजले २–२ विकेट लिए । जितसँगै बेंग्लोरले ८ खेलबाट ६ अंक बनाएको छ भने समान खेलबाट मुम्बईको ४ अंक छ ।

तपाईको प्रतिक्रिया